शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय

सीसीटिभीमा भाग्दै गरेको दृश्य पछ्याउँदा समातिए आरोपित

आइतबार, ३१ भदौ २०८०, २३ : ३४
आइतबार, ३१ भदौ २०८०

काठमाडौँ । काठमाडौँको गैह्रीगाउँस्थित दिव्या स:मिलमा ४ जनाको हत्यामा संलग्न आरोपितलाई प्रहरीले क्लोज सर्किट टेलिभिजन (सीसीटिभी) क्यामेराको सहयोगमा पक्राउ गरेको छ । सःमिलमा नविन राई, कुमार भुजेल, शुभद्रा भुजेल र अम्बिका भुजेलको हत्यापछि हत्यामा संलग्न आरोपित झोलामा खुकुरी हालेर निस्केका थिए ।

काठ मिल पछाडिबाट पर्खाल नाघेर निस्केपछि उनी मुल सडकको किनारा हुँदै कोटेश्वरतर्फ भागेका थिए । झोला बेकेर दौडिरहेको युवकलाई पछ्याएर आरोपित सञ्जय भण्डारीलाई पक्राउ गरिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीलाई बताए ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर–९ घर भएका भण्डारी कोटेश्वर, जडिबुटी र पेप्सीकोला चोक हुँदै राति १ बजेतिर काँडाघारी पुगेका थिए । शुरुमा दौडिएका उनी पछि विस्तारै हिँडेको सीसीटिभी फुटेजमा देखिन्छ ।

आरोपितलाई एसपी कुमोध ढुंगेल र डिएसपी अंगुरी जिसी नेतृत्वको टोलीले अनुसन्धापछि पक्राउ गरेको अनुसन्धान समितिका संयोजक एसएसपी सोमेन्द्रसिंह राठौरले रातोपाटीलाई बताए । मध्यराति उनी काँडाघारीस्थित एउटा घरको पर्खालमा चढेको दृश्यमा देखिएको छ । त्यसबारे सञ्जयले प्रहरीसँग भनेका छन्– ‘कुकुर झम्टेपछि अपरिचित व्यक्तिको घरको पर्खालमा चढेको हुँ ।’  

आफूलाई ठक्कर दिने मोटरसाइकल चालक काम गर्ने सः मिल नक्साल पढ्न जाँदा र आउँदा उनले पहिचान गरेका थिए । पढ्न जाँदा र आउँदा उनी त्यहि बाटोबाट पैदल ओहोर दोहोर गर्थे । बाटो हिँड्दा ‘वाच’ गरेर उनले हत्या योजना बनाएको प्रहरीले गरेको अनुसन्धानबाट थाहा भएको छ ।

त्यसदिन उनी चाबहिलमा भएको दुर्घटनाबारे ‘एकपटक कुरा गर्छु, नभए खुकुरीले हान्छु’ भनेर काँडाघारीबाट गैह्रीगाउँमा आएका हुन् । उपचार खर्च माग्न उनले नबिनसँग कुरा गर्न खोजेको हुनसक्ने अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप