तिजको सुरक्षा व्यवस्थापनमा २ हजार ९६६ जना प्रहरी खटिने

काठमाडौँ । हरितालिका तिजको सुरक्षा व्यवस्थापनमा २ हजार ९६६ जना प्रहरी खटिने भएका छन् । यसमा महिला प्रहरीको सङ्ख्या ६ सय ३० हुनेछ । नेपाल प्रहरीका अनुसार प्रति सिफ्टमा १ हजार ४८३ जना प्रहरी खटिने भएका हुन् ।
पशुपतिनाथको मन्दिर परिसरमा तिज पर्व सम्पन्न नभएसम्म कमान्ड पोष्टको स्थापना गरिएको छ । प्रहरी वरिष्ठ उपरीक्षक हिमालय कुमार श्रेष्ठले यसको कमान्ड गर्नेछन् ।
त्यस्तै पैदल गस्ती, मोबाइल गस्ती, कर्डन, सादा पोसाक, पिकेटिङ, स्ट्राइकिङ, रिजर्भ, सिसिटिभी, वाकथ्रु गेट, ड्रोनबाट निगरानी, ट्राफिक व्यवस्थापन, विपद् व्यवस्थापन लगायतका माध्यमद्वारा तिज पर्वमा प्रभावकारी सुरक्षा व्यवस्था गरिने छ ।
प्रहरीले चाडपर्व मनाउँदा आफू सुरक्षित रही अरूलाई समेत चाडपर्व मनाउने वातावरण बनाउन आग्रह गरेको छ । तिज पर्वमा कुनै अवाञ्छित गतिविधि देखिएमा तत्कालै १०० मा प्रहरीलाई खबर गर्न आग्रहसमेत गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वप्रधानमन्त्री शेख हसिना विरुद्ध अर्को पक्राउ पुर्जी जारी
-
जनतासँग माओवादी तराई मधेस जागरण अभियान पुन: सुरु
-
‘गणतन्त्र उल्ट्याउने ज्ञानेन्द्र शाहको प्रयत्न, सरकार परिवर्तनको कुरा सत्तामोह र कुण्ठा मात्र’
-
कपिल शर्मासंग किन क्रुद्ध छन् मुकेश खन्ना ?
-
पार्टी कार्यालयमा एमाले नेतालाई सिस्नु !
-
रुससँग सम्झौता गर्नुअघि जेलेन्स्कीले दिए ट्रम्पलाई युक्रेन भ्रमणको निम्तो