१९औँ एसियाडमा नेपाली क्रिकेटको लक्ष्य सुखद नतिजा, यस्तो छ टोलीको रणनीति
काठमाडौँ । नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आगामी १९ औँ एशियन गेम्समा सुखद नतिजा ल्याउने लक्ष्य रहेको बताएका छन् ।
आगामी सेप्टेम्बर २३ देखि चीनको हानझाओ सहरमा १९ औँ एशियन गेम्सको औपचारिक सुरुवात हुँदैछ । एशियन गेम्समा पुरुष क्रिकेटको प्रतिस्पर्धा असोज १० गतेदेखि हानझाओको पिङफेङ क्याम्पस क्रिकेट मैदानमा हुँदैछन् ।
नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले तयारी राम्रो भएकाले नतिजा पनि सुखद ल्याउने आशा व्यक्त गरे । एशियन गेम्समा क्रिकेटको प्रतिस्पर्धा ट्वान्टी–२० फरम्याटमा हुँदैछ । कप्तान रोहितले सबैको आ–आफ्नो भूमिका तय भइसकेकोले त्यहीअनुसार सबैले आफ्नो जिम्मेवारी काम गरिरहेको बताए । टोलीले आक्रामक रणनीतिका खेल्ने रणनीतिका साथ योजनाका साथ तयारी गरिरहेको धारणा बताए ।
नेपाल एशियन गेम्सको पुरुष क्रिकेटमा समूह ‘ए’ मा छ । यो समूहमा तुलनात्मक रूपमा निकै कमजोर मानिएका मंगलोलिया र माल्दिभ्स छन् । यद्यपि, रोहितले कुनैपनि टोलीलाई बलियो र कमजोर नआँक्ने भन्दै आफ्नै खेल प्रस्तुत गर्ने बताएका छन् । साथै राखेपले पनि पदकको आशामा राखेर क्रिकेटलाई एशियन गेम्समा सहभागिता गराएकाले लक्ष्यअनुसार नै नेपाली टोलीले पदकका लागि खेल्ने विश्वास व्यक्त गरेका छन् ।
समूहमा शीर्ष स्थानमा प्राप्त गर्ने टोलीले सिधै क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्नेछ । विश्व क्रिकेटका बलिया राष्ट्र भारत, पाकिस्तान र श्रीलंकासहित बंगलादेशले पनि प्रतिस्पर्धा गर्दैछ । यी चार राष्ट्रले सीधै क्वार्टरफाइनलमा खेल्ने तय छ । चार समूहका विजेताले ‘ड्र’ मार्पmत भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशसँग नकआउट चरणमा प्रतिस्पर्धा गर्नेछन् । यी चारै टेस्ट राष्ट्रले हानझाओ एशियन गेम्समा आफ्ना दोस्रो टोली पठाएका छन् । तर पनि एसोसिएट राष्ट्रका लागि उनीहरूको चुनौती पार गर्न कठिन हुनेछ ।
नेपाली क्रिकेट टोलीका अलराउण्डर गुल्सनले झाले पनि नेपालको तयारी राम्रो भएकाले सुखद नतिजा आउनेमा आशा व्यक्त गरे ।
नेपाल क्रिकेट संघ (क्यान) ले आगामी १९औँ एशियन गेम्सका लागि रोहितको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिसकेको छ । सो टोलीमा करण केसी, प्रतिश जिसी, आसिफ शेख, कुशल मल्ल, गल्सन झा, सोमपाल कामी, सन्दीप जोरा, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, विवेककुमार यादव, अविनाश बोहरा, सन्दीप लामिछाने र विनोद भण्डारी छन् । विनोदले लामो समयपछि नेपाली टोलीमा पुनरागमन गरेका हुन् । नेपाली टोलीले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा पछिल्लो चार दिनदेखि तयारी गरिरहेको छ । एसियाडमा नेपाली क्रिकेटको यो तेस्रो सहभागिता हो । एसियाडमा तेस्रो सहभागितालाई नेपाल यादगार बनाउने लक्ष्यमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेल्सीको अपराजित यात्रा कायमै
-
युरोपा लिगमा एकै दिन १९ खेल, शीर्ष क्लबलाई धक्का
-
युरोपा लिगमा लियोंको शानदार प्रदर्शन
-
मौन अवधि लागू, निर्वाचन आचारसंहिता उल्लङ्घन गरे सोझै कारबाही
-
रिसाए पुटिन, युक्रेनको मुख्य केन्द्र भागमै क्षेप्यास्त्र प्रहारको धम्की
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री ओली र चीनका राष्ट्रपतिबिच भेट तयदेखि सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्तिमा अलमलसम्म