नेपाल एयरलाइन्सको जहाज मर्मतका लागि इजरायल लैजाने
आइतबार, ३१ भदौ २०८०, १६ : २६
काठमाडौँ । नेपाल एयरलाइन्सको जहाज मर्मतका लागि इजरायल लगिने भएको छ । निगमको नाइनएन एकेएक्स जहाज मर्मतको लागि अइतबार इजरायल लैजान लागिएको हो ।
दशैं तिहार जस्ता यात्रुचाप बढ्ने सिजनलाई मध्यनजर गर्दै निरन्तर ताकेता पश्चात् उक्त मर्मतका लागि डेन्डर पाएको कम्पनीले मर्मत गर्नुपर्ने इन्जिन फेरबदल गर्नको लागि १८ सेप्टेम्बरमा स्लट उपलब्ध गराइसकेकाले आज राति २३ः३० बजे विमानले इजरायल उडान गर्ने जनाइएको छ ।
मर्मत योजना अनुसार इजरायलमा इन्जिन फेरबदल गरी २२ सेप्टेम्बरमा जहाज काठमाडौं अवतरण गर्ने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्राविधिक कारणले जहाज ग्राउण्डेड हुन गई यसबाट यात्रु वर्गमा पर्न गएको असुविधा प्रति निगमले क्षमायाचना गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
योगमाया विश्वविद्यालयको केन्द्रीय कार्यालय स्थापना
-
‘शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्न सरकार प्रतिबद्ध’
-
बोहोराको कविता सङ्ग्रह ‘अपरावर्ती’ सार्वजनिक
-
विष्णुपुर सवस्टेशन अन्तर्गतका क्षेत्रमा १० दिन विद्युत् अवरुद्ध हुने
-
१० बजे १० समाचार : ग्यासमा अनुदान, माओवादी बैठकमा पासाङको ‘डिमान्ड’
-
जुम्लामा आगलागी हुँदा दुई घर नष्ट