शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय
गैह्रीगाउँ हत्याकाण्ड

गैह्रीगाउँ सामूहिक हत्याकाण्ड : थप १ जना पक्राउ

आइतबार, ३१ भदौ २०८०, १५ : ०६
आइतबार, ३१ भदौ २०८०

काठमाडौँ । काठमाडौँको तिनकुनेस्थित गैह्रिगाउँमा भएको सामूहिक हत्यामा संलग्न आरोपमा प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ । हत्यामा संलग्न आरोपमा प्रहरीले यसअघि दीपेन्द्र राईलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

आइतबार थप एकजना शंकास्पदलाई पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए । पक्राउ गरिएका आरोपितको विवरण प्रहरीले सार्वजनिक गरेको छैन ।

हत्यामा संलग्न शंकित व्यक्ति कोटेश्वर हुँदै पेप्सिकोलातर्फ गएको सीसीटीभीमा देखिएको छ । झोला बोकेर पेप्सिकोलास्थित खहरेसम्म उनी पुगेको अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीलाई बताए ।

शुक्रवार मध्यराति गैह्रिगाउँस्थित दिब्य सःमिलमा सुरक्षा गार्डको जिम्मेवारीमा रहेका कुमार भुजेलसहित चार जनाको हत्या भएको थियो । हत्या हुनेमा सुरक्षागार्ड कुमारकी पत्नी अम्बिका भुजेल, उनकी आमा करिब ७० वर्षीया सुमित्रा भुजेल र मोरङ घर भएका १९ वर्षीय नविन राई छन् ।

उनीहरुको टाउको र शरीरका विभिन्न भागमा धारिलो हतियारको चोट देखिएको छ । कुमार भुजेल करिब ५६ वर्षका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप