नेपाल एयरलाइन्सको जहाज मर्मतका लागि इजरायल लैजाने
आइतबार, ३१ भदौ २०८०, १४ : २२
![नेपाल एयरलाइन्सको जहाज मर्मतका लागि इजरायल लैजाने](https://npcdn.ratopati.com/media/news/nepal-airlines-9nakw_ElSogJgMvZ.jpg)
काठमाडौँ । नेपाल एयरलाइन्सको जहाज मर्मतका लागि इजरायल लगिने भएको छ । निगमको नाइनएन एकेएक्स जहाज मर्मतको लागि आइतबार इजरायल लैजान लागिएको हो ।
दशैं तिहारमा यात्रुको चाप बढ्ने सिजनलाई मध्यनजर गर्दै निरन्तर ताकेता पश्चात् उक्त जहाजलाई मर्मतका लागि डेन्डर पाएको कम्पनीले मर्मत गर्नुपर्ने, इन्जिन फेरबदल गर्नको लागि १८ सेप्टेम्बरमा स्लट उपलब्ध गराइसकेकाले आज राति २३ः३० बजे विमानले इजरायल उडान गर्ने जनाइएको छ ।
मर्मत योजना अनुसार इजरायलमा इन्जिन फेरबदल गरी २२ सेप्टेम्बरमा जहाज काठमाडौँ अवतरण गर्ने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्राविधिक कारणले जहाज ग्राउण्डेड हुन गई यसबाट यात्रु वर्गमा पर्न गएको असुविधा प्रति निगमले क्षमायाचना गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसभित्र बलियो एकता भए कुनै पनि शक्तिले परास्त गर्न सक्दैन : सभापति देउवा
-
काठमाडौँको फर्पिङमा स्कुल बस दुर्घटना हुँदा दुई जनाको मृत्यु
-
गोपी सरसँग सहरी अर्थतन्त्र पढ्न पाउँदा...
-
सशस्त्रमा ३ डीआईजी पद रिक्त, बढुवा हुन प्रतिस्पर्धा
-
मोरङमा सुरु भयो नागरिकताको अनलाइन सिफारिस
-
एकीकृत समाजवादीनिकट विद्यार्थी संगठनको अध्यक्षमा महेश श्रेष्ठ चयन