बैंकको ब्याजदर बढ्यो : एफडीमा पैसा राख्दा अधिकतम ११.३६ प्रतिशत ब्याज पाइने
काठमाडौँ । वाणिज्य बैंकहरुले असोज महिनाका लागि नयाँ ब्याजदर तोकेका छन् । केन्द्रीय बैंकको नीतिअनुसार असोज महिनाको १ गतेदेखि लागू हुने नयाँ ब्याजदर बैंकहरुले भदौ मसान्त अर्थात् भदौ ३१ गते सार्वजनिक गरेका हुन् ।
खुल्ला प्रतिस्पर्धात्मक प्रणालीबाट असोजका लागि नयाँ ब्याजदर तोकेका बैंकहरुले मुद्दती निक्षेप (एफडी) मा अधिकतम ११.३६ प्रतिशतसम्म ब्याजदर अफर गरेका छन् । प्राइम कमर्सियल बैंकले असोजका लागि ११.३६ प्रतिशत अफर गरेको हो । यो भदौ महिनाको तुलनामा ४.२२ प्रतिशतको वृद्धि हो । भदौ महिनाका लागि बैंकहरुले अधिकतम १०.९० प्रतिशत ब्याजदर तोकेका थिए ।
यस्तै, तीनवटा बैंक एभेरेष्ट, हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकले समान ११.०५ प्रतिशत ब्याजदर तोकेका छन् । तर यता, ग्लोबल आईएमई बैंक, कुमारी बैंक, सिटिजन्स बैंक, कृषि विकास बैंक र लक्ष्मी सनराइज बैंक भने भदौको भन्दा केहीँ ब्याजदर घटाएर १०.५० प्रतिशतसम्म तोकेका छन् । भदौका लागि यी बैंकहरुले १० प्रतिशतदेखि १०.९० प्रतिशतसम्म ब्याजदर तोकेका थिए ।
भदौका लागि ९.९९ प्रतिशत ब्याजदर तोकेको नेपाल एसबीआई बैंकले असोजका लागि १० प्रतिशत ब्याजदर तोेकेको छ भने एनएमबी बैंक, माछापुच्छ्रे बैंक र सिद्धार्थ बैंकले भदौ महिनाकै निरन्तरता ९.९९ प्रतिशत नै ब्याजदर तोकेका छन् ।
यस्तै सानिमा बैंकले ९.९५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ९.५० प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ९.२९ प्रतिशत र नेपाल बैंकले ९.२५ प्रतिशतले ब्याजदर तोेकेका छन् । यी बैंकहरुले भदौ महिनाका लागि क्रमशः १०.९० प्रतिशत, ९.९९ प्रतिशत, ८.९२ प्रतिशत र १०.९० प्रतिशत ब्याजदर तोकेका थिए ।
असोज महिनाका लागि बैंकहरुको औसत ब्याजदर १०.२२ प्रतिशत रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको जागरणसभाका लागि र्याली सुरू (तस्बिरहरू)
-
प्रधानमन्त्रीले सडकमा शक्ति देखाउनु लोकतन्त्रको मर्म होइन : गणेश कार्की
-
स्थानीय तहको उपनिर्वाचनमा जनमतले १६ सिटमध्ये कतिमा मार्ला बाजी ?
-
मोदी र जयशंकरविरुद्ध कुनै प्रमाण छैन : क्यानडा
-
‘पूर्णबहादुरको सारङ्गी’को गीत ‘रैयाँ चाँदीको’लाई एक करोड भ्युज
-
फ्राइडे रिलिज : ‘तेल भिसा’ भर्सेज ‘अग्निदहन’