काठमाडौँ । चिकित्सक संघको आह्वानमा आइतबार देशभरका सरकारी र निजी अस्पतालको आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा ठप्प हुँदा बिरामीको बिचल्ली भएको छ ।
हेटौँडास्थित सन्चो अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकद्वय डा विकास थापा र डा प्रशान्त विडारी डियुटीमा रहेको अवस्थामा कििटएको विरोधमा संघका आह्वानमा आइतबार अस्पताल बन्द गरिएको हो ।
बन्दका कारण ओपिडी लगायतमा उपचार गर्न आउनेहरु बिचल्लीमा परेका छन् । काठमाडौँका प्रमुख अस्पताल वीर अस्पताललगायतमा उपचारका लागि परेका उनीहरुले बन्दका कारण आफूहरुले सास्ती भोग्ने परेको बताए ।
चिकित्सकहरु बिरामीको उपचार गर्न छाडेर आन्दोलन गरिरहेका छन्।
प्रतिक्रिया