बुधबार, ०२ माघ २०८१
ताजा लोकप्रिय

रिलायन्स एजुकेशनमा नमुना संयुक्त राष्ट्र सङ्घको अभ्यास

आइतबार, ३१ भदौ २०८०, ११ : ०२
आइतबार, ३१ भदौ २०८०

काठमाडौँ । रिलायन्स एजुकेशन नेटवर्कमा नमुना संयुक्त राष्ट्र सङ्घको अभ्यास गरिएको छ । नेटवर्कको आयोजनामा ८ औँ संस्करणको अभ्यास गरिएको हो ।

 रिलायन्सले २०१६ देखि निरन्तर रूपमा नमुना राष्ट्र सङ्घको अभ्यास गर्दै आएको थियो । विद्यालय तथा विश्वविद्यालय स्तरका विद्यार्थीहरूको क्षमता अभिवृद्धि गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका ज्वलन्त समस्या पहिचान गरी तिनको समाधान कसरी गर्ने भन्ने विषयमा उक्त अभ्यासमा छलफल हुने गरेको छ ।  

विश्व शान्ति, सद्भाव, भाइचारा, प्रविधिको समुचित प्रयोग, विश्व तापमान र त्यसले पार्ने प्रभाव, मानवीय नवीन बस्तीको खोजी जस्ता विषयमा समेत छलफल भएको थियो ।  

उक्त अभ्यासमा काठमाडौँ, बुटवल, चितवन, जनकपुर, मोरङ लगायतका विभिन्न जिल्लाका विद्यार्थीहरूको सहभागिता रहेको थियो । चीनका लागि पूर्व नेपाली राजदूत टङ्कप्रसाद कार्की प्रमुख अतिथि थिए ।              

कार्यक्रममा नेटवर्कका अध्यक्ष रबिन्द्रजंग थापाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा स्कुलका प्रिन्सिपल वसन्तलाल लामिछानेले स्वागत मन्तव्य राखेका थिए । मिडल स्कुल कोर्डिनेटर शुष्मा तामाङले कार्यक्रम सन्चालन गरेको उक्त कार्यक्रममा युएन हाउस नेपालका प्रतिनिधि सुवास नेपाली विशेष अतिथि थिए । कार्यक्रममा प्रतिनिधि नेपालीले दिगो विकासको लागि यस्तो कार्यक्रमले विद्यार्थीको नेतृत्व विकास हुने धारणा राखेका थिए ।  

प्रमुख अतिथि कार्कीले विद्यार्थीले नेतृत्व विकासको लागि लगनशील हुनुपर्ने धारणा राखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप