मिलान डर्बीमा इन्टर हाबी
सान सिरो । इन्टर मिलानले चिरप्रतिद्वन्द्वी एसी मिलानलाई हराउँदै सिरिए ए मा आफ्नो शत प्रतिशत नतिजा कायम राखेको छ । शनिबार भएको खेलमा इन्टर ५–१ गोलले विजयी बन्यो ।
हेनरिक मिखितारियनले खेलको सुरुवातमा नै इन्टरलाई अग्रता दिलाएका थिए । मार्कस थुरामले ३८ औँ मिनेटमा टोलीको अग्रता दोब्बर बनाए । दोस्रो हाफमा राफायल लियोले एसी मिलानका लागि एक गोल फर्काए पनि त्यसपछि इन्टरले तीन गोल थपेको थियो ।
मिखितारियन, हाकान काल्हानोग्लु र डेभिड फ्राटेसीले एक–एक गोल गर्दै टोलीलाई शानदार जीत दिलाए । इन्टरले लगातार पाँच मिलान डर्बी जितेको यो पहिलो अवसर हो ।
४ खेलबाट १२ अङ्कसहित इन्टर लिगको शीर्ष स्थानमा रहेको छ । एसी मिलान ९ अङ्कसहित लिगको तेस्रो स्थानमा रहेको छ ।
शनिबार नै युभेन्टसले लाजियोलाई ३–१ गोलले हराउँदै लिगको दोस्रो स्थानमा उक्लेको छ । साबिक विजेता नापोली भने जेनोआसँग २–२ को बराबरीमा रोकियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लथालिङ्ग भएको कीर्तिपुरलाई नमुना नगर बनाउँछु : माओवादी उम्मेदवार महर्जन (भिडियोसहित)
-
ट्रम्पले बढाए क्यानडा–चीनको चिन्ता
-
कर्णाली याक्सको ‘युथ ब्रान्ड एम्बासडर’ मा सिसन बानिया
-
३३४ किलो यार्सागुम्बा निर्यात हुँदा भित्रियो साढे १२ करोड
-
क्रान्तिकारी कम्युनिस्ट पार्टीको महाधिवेशन तयारी अन्तिम चरणमा, बिहीबार भूगोल पार्कमा उद्घाटन हुने
-
कीर्तिपुरमा गुमेको साख फिर्ता ल्याउनुपर्ने दबाबमा एमाले उम्मेदवार (भिडियोसहित)