महिला तथा पुरुष राष्ट्रिय भलिबल : न्यूडाइमण्डको दोहोरो जित
कास्की । पोखराको लामाचौरमा भदौ २९ गतेदेखि सुरु भएको महिला तथा पुरुष राष्ट्रिय भलिबल कपमा आज लिग चरणका छ खेल सम्पन्न भएका छन् ।
नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स) ले हरितालिका तीज पर्वका अवसरमा राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गरेको हो । काठमाडौँको न्यूडाइमण्ड युथ स्पोर्टस् क्लबले आज भएको महिलातर्फको दुई खेलमा जित हासिल गरेको छ ।
पहिलो खेलमा न्यूडाइमण्डले बुटवलको एभरेष्ट भलिबल क्लबमाथि लगातार तीन सेटको जित हासिल गरेको थियो । डाइमण्डले एभरेष्टलाई २५–११, २५–१५,२५–१६ को सेटमा निरास पार्यो ।
दोस्रो खेलमा डाइमण्डले विभागीय टोली एपिएफमाथि शानदार जित दर्ता गरेको छ । न्यूडाइमण्डले २५–२०, २५–१८ को सेटमा अग्रता लिए पनि एपिएफले तेस्रो सेटमा २५–१८ र चौथो सेटमा २५–२२ मा लगे पनि अन्ततः पाँचौँ सेटमा भने न्यूडाइमण्डसँग एपिएफ १५–५ को सेटमा पराजित भएको छ ।
पुरुषतर्फको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफलाई ३–२ को सेटमा पराजित गरेको छ । पुलिसले एपिएफमाथि २३–२५, २५–२२, २५–२०, २३–२५ र १५–१३ को सेटमा जित हासिल गरेको हो ।
पुरुषतर्फको अर्को खेलमा बुटवलको मणिमुकुन्द भलिबलले बागलुङ गलकोट स्पोट्र्स क्लबमाथि सोझो सेटमा पराजित गरेको हो । मणिमुकुन्दले गलकोटमाथि २५–२३, २९–२७ र तेस्रो सेटमा २५–२० मा पराजित गरेको हो ।
महिलातर्फको खेलमा नेपाल पुलिसले एभेरेष्टमाथि सोझो सेटमा पराजित गरेको छ । पुलिसले एभेरेष्टमाथि २५–१८, २५–१८ र तेस्रो सेटमा २५–२० को सेटमा पराजित गरेको हो । प्रतियोगिता राउन्ड रोविन लिगको आधारमा खेलाइएको छ ।
प्रतियोगितामा महिलातर्फ नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब, न्यूडायमण्ड क्लब तथा एभरेष्ट भलिबल क्लब बुटवलले सहभागिता जनाएका छन् । पुरुषतर्फ गण्डकी प्रदेश, विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब, मणिमुकुन्द क्लब बुटवल गरी पाँच टिमको सहभागिता रहेको महोत्सवका प्रचार संयोजक दिनेश भण्डारीले बताए ।
प्रतियोगितामा महिला र पुरुषतर्फ उपाधि विजेता टोलीलाई रु एक लाख ५० हजार एक सय ११ साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । उपविजेता टोलीलाई रु एक लाख एक सय ११ र तृतीय हुनेलाई रु ५० हजार एक सय ११ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको समाजले जनाएको छ । प्रतियोगिता असोज १ गतेसम्म सञ्चालन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नगराइनकाे नगरसभा नहुँदा शिक्षक तथा कर्मचारीले तलबसमेत पाएनन्
-
नेपाल जलवायु अनुकूलन कोषको सदस्यमा पुनः मनोनीत
-
रिसव गौतमको पुस्तक ‘मौलिक अर्थतन्त्र’ बजारमा
-
गढीमाई मेलामा दिइने पशुबली निरुत्साहन गर्न ध्यानाकर्षण
-
रक्षामन्त्रीसँग भारतीय स्थल सेना अध्यक्षको शिष्टाचार भेटघाट
-
नेपाल कबड्डी लिगको लोगो सार्वजनिक