घरेलु मैदानमै हार्यो युनाइटेड

ओल्ड ट्राफोड । म्यानचेस्टर युनाइेटले ब्राइटनसँग घरेलु मैदानमै लज्जास्पद हार बेहोरेको छ । यो सिजन उत्कृष्ट प्रदर्शन गरिरहेको ब्राइटनले युनाइटेडलाई ३–१ गोलले हराएको हो ।
पहिलो हाफको २० औँ मिनेटमा नै ब्राइटनले ड्यानी वेल ब्याकको गोलमा अग्रता लिएको थियो । दोस्रो हाफमा पास्कल ग्रोस र सब्सटिट्युट जोआओ पेड्रोले गोल गर्दै ब्राइटनले अग्रता फराकिलो बनाए ।
ह्यानिबल मजेब्रीले युनाइटेडका लागि पहिलो गोल गर्दै केही आशा दिलाए पनि उनको गोल सान्त्वना मात्र बन्न पुग्यो । पराजयपछि युनाइटेडका समर्थकहरू म्यानेजर एरिक टेन हागमाथि खनिएका थिए ।
टेन हागको टोलीले पछिल्ला ४ खेलमा १० गोल खाएको छ । युनाइटेडले लगातार ४ लिग खेलमा एकभन्दा बढी गोल खाएको सन् १९७९ पछि पहिलोपटक हो ।
पराजयसँगै युनाइटेड लिगको १२ औँ स्थानमा खस्किएको छ । ५ खेलबाट युनाइटेडको मात्र ६ अंक रहेको छ । उता ब्राइटन भने पाँच खेलमा चौथो जीत हासिल गर्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वुमेन्स एफए कप : म्यान्चेस्टर सिटीलाई हराउँदै म्यानयु लगातारे तेस्रो पटक फाइनलमा
-
आईपीएल : मुम्बईले जितको खडेरी तोड्दा दिल्लीको अपराजित यात्रा भङ्ग
-
इटालियन सिरी’ए : एटलान्टाले घटायो दुरी
-
वीरगन्जमा कर्फ्यू हटयो, चारवटा नाकामा निषेधाज्ञा जारी
-
प्रिमियर लिगको उपाधि सोझै कब्जा गर्ने बाटोमा लिभरपुल
-
एम्बाप्पेले रातो कार्ड खाएको खेलमा रियाल विजयी, बार्सिलोनासँग घटायो अंक दुरी