युरोपेली सङ्घ टर्कीबाट अलग्गिएकाे एर्दोगानको आरोप

इस्तानबुल । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले युरोपेली सङ्घ टर्कीबाट अलग्गिएको आरोप लगाएका छन् । राष्ट्रपति एर्दोगानले रूसको युक्रेन आक्रमणपछि नेटो सैन्य गठबन्धनमा सामेल हुने स्वीडेनको अभियानमाथिको नाकाबन्दी फुकुवा गर्ने बदलामा सन् २००५ मा सुरु भएको सदस्यता वार्तालाई पुनरुत्थान गर्न ब्रसेल्सबाट प्रतिबद्धता प्राप्त गरेका थिए ।
यसै महिनाको सुरुमा ईयूका विस्तारमामिला आयुक्त ओलिभर भार्हेलीले टर्कीको भ्रमण गर्दै सदस्यताको ‘ठूलो सम्भावना’ भए पनि वार्ता पुनः सुरु हुनुअघि समूहले मानवअधिकारका मुद्दाहरूमा कदम चाल्नुपर्ने बताएका थिए ।
संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन न्यूयोर्क उड्नुअघि एर्दोगानले इस्तानबुलको अतातुर्क विमानस्थलमा पत्रकारसँग भने, “युरोपेली सङ्घले हामीबाट दूरी कायम गर्न खोजिरहेको छ ।”
उनले भने, “हामी आफ्नै स्थितिको मूल्याङ्कन गर्नेछौं र अर्को दिशा पनि लिन सक्नेछौं ।”
एर्दोगानले सन् २०१६ को जुलाईमा भएको असफल ‘कू’ पछिको सरकारको व्यापक दमन र वर्षौंदेखिको तनावपछि यसै बर्ष मे महिनामा सम्पन्न निर्वाचन जितेका थिए । चुनाव जितेपछि पश्चिमा मित्रराष्ट्रहरूसँगको बिग्रिएको सम्बन्ध सुधारलाई उनले प्राथमिकता दिएका छन् ।
भ्रमणका क्रममा भार्हेलीले भने, “युरोपेली परिषद्ले पनि स्पष्ट मापदण्ड तय गरेको छ, जसलाई सम्बोधन गर्न आवश्यक छ ।” “यी मापदण्डहरू लोकतन्त्र र विधिको शासनसँग सम्बन्धित छन् र यो नै सुधारसाथ अगाडि बढ्ने विश्वसनीय रोडम्याप हो,” उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन
-
नारायणी किनारमा चैत्र ३१ गते साङ्गीतिक कन्सर्ट हुने
-
१० बजे १० समाचार : फरार दुर्गाको सन्देशदेखि नेपालको रेकर्डसम्म
-
राष्ट्रिय व्यावसायिक तथा प्रशिक्षण प्रतिष्ठान र नेपाल हस्तकला महासङ्घबीच समझदारी पत्रमा हस्ताक्षर