कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी खड्कालाई
शनिबार, ३० भदौ २०८०, १८ : २३
_OsvZjdjwrU.jpg)
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका र चीनको भ्रमणमा निस्किएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले पाएका छन् ।
प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री खड्काले सम्हाल्ने गरी राष्ट्रपति रामचन्द्र पौडेलले तोकेका हुन्। प्रधानमन्त्री दाहाल संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको ७८ औँ महासभामा सहभागी हुन र तत्पश्चात् जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणको सिलसिलामा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै शनिबार त्यसतर्फ प्रस्थान गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अरुण तेस्रो जलविद्युत् आयोजनाको भ्रमणका लागि पुगे भारतीय मन्त्री खट्टर
-
दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपमा ६ राष्ट्रका खेलाडी
-
नवराज सुवेदीको ‘नजरबन्द’ हट्यो
-
दक्षिण पूर्वी एशियाबाट आउने सोलार प्यानलमा अमेरिकाले लगायो ३५२१ प्रतिशत ट्यारिफ
-
ओलीले एक दिन पनि सरकारको नेतृत्वमा बस्ने हैसियत गुमाइसकेका छन्: प्रचण्ड
-
प्रधानमन्त्री बन्नेहरूलाई काम गर्न नसके कान समातेर उठबस गर्ने वाचा खुवाउनुपर्छ : वामदेव गौतम