‘हाम्रा लागि प्रदर्शक र निर्माता बराबर हुन्’ : दीपकराज गिरी
काठमाडौँ । अभिनेता तथा निर्माता दीपकराज गिरीले आफ्ना लागि प्रदर्शक र निर्माता बराबर रहेको बताएका छन् । उनी अहिले अभिनेता तथा निर्मातासँगै प्रदर्शक पनि बनेका छन् । गिरीले साथीहरूसँगको सहकार्यमा एउटा चलचित्र भवन सञ्चालन गरेका हुन् ।
शेयर बाँडफाँट, शेयर सङ्ख्यालगायत विषयमा निर्माताको तर्फबाट सुनिने असन्तुष्टि आफूले कम गर्न प्रयास गर्ने अभिनेता गिरीले बताए । उनले भने, “हामी निर्माताले चलचत्रि भवनबाट प्राप्त गर्ने पैसा निर्माता र प्रदर्शकको बराबर होस्, ५०–५० प्रतिशत होस्, हाम्रो चलचित्र भवनबाट प्रदर्शक र निर्माताले बराबर पैसा पाउनेछन् ।” यो नियम नेपाली चलचित्रको हकमा लागू गरिने गिरीको भनाइ थियो ।
वितरक करण श्रेष्ठका अनुसार प्रदर्शनको पहिलो दुई सातासम्म ५०/५० प्रतिशत शेयर र त्यसपछि ३५ प्रतिशत निर्माता र ६५ प्रतिशत प्रदर्शकले पाउने गरेका छन् । यो रकममा लाग्ने विभिन्न खर्च कटाएर मात्र निर्माताले पैसा पाउने गरेका उनले जनाउँदै केही प्रदर्शकले ५० प्रतिशत नै दिने गरेको जानकारी दिए ।
“चलचित्रको व्यापार कम भएमा त्यसमा सम्झौताअनुसारको काटछाँट हुँदैन । केही चलचित्र भवनले ५० प्रतिशत नै शेयर उपलब्ध गराउँदै आइरहेका छन्”, श्रेष्ठले भने, “नयाँ प्रदर्शकमार्फत हुने घोषणाले निर्मातालाई उत्साहित नै बनाउँछ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई दलीय संयन्त्रले गरेको बजेट पुनरावलोकनको निर्णय कोशीमा कार्यान्वयन नहुने
-
लागुपदार्थ दुर्व्यसनी न्यूनीकरण गर्न कर्णालीमा पुनर्स्थापना केन्द्र सञ्चालन गरिने
-
गुगल म्याप हेरेरै प्रहरीले सुल्झाए हत्याको घटना
-
यु–१९ एसिया कप खेलेर नेपाली टोली स्वदेश फर्कियो, तस्बिरहरू
-
आसिफ र आरिफका बुबा भन्छन्– नेपाली क्रिकेटले विश्वकप जितेको हेर्ने धोको छ
-
नेता कार्यकर्ताको फेसबुकमा राप्रपाको निगरानी, कार्यविधिले रोक्ला अराजकता ?