सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
चिनियाँ कलाकारहरूसँगै झुम्यो पाटन, तस्बिरहरू
फोटोफिचर

चिनियाँ कलाकारहरूसँगै झुम्यो पाटन, तस्बिरहरू

शनिबार, ३० भदौ २०८०

ललितपुर । शुक्रबार बिहान पाटन दरबार क्षेत्रमा मानिसहरूको दैनिकी नियमित रूपमा चलिरहेको थियो । तर, केही बेरमा नै त्यहाँको मौसम बदलिनेवाला थियो ।

करिब एक सयको सङ्ख्यामा रहेका एक हुल चिनियाँ पर्यटकहरू दरबार क्षेत्रमा आइपुगे । परम्परागत पहिरनमा सजिएर आएका उनीहरूले सबैको ध्यान खिचेका थिए । त्यहाँ रहेको सङ्ग्रहालयमा पुगेपछि उनीहरूका लागि पहिले नै स्टेज तयार थियो । 

उनीहरूले त्यहाँ चिनियाँ गीतमा आकर्षक नृत्यहरू प्रस्तुत गर्न थालेपछि माहौल नै अर्को बन्यो । संगीतमय माहौलमा दर्शकदीर्घामा बसेकाहरू मन्त्रमुग्ध बनेका थिए । हाम्रा नेपाली कलाकारहरू पनि के कम ? सशस्त्र प्रहरी बलबाट आएका कलाकारहरूले सोह्र वर्षे जोबनमा कौडा नृत्य तथा झ्याउरे नृत्य प्रदर्शन गर्दा चिनियाँ पर्यटकहरू पनि कम्मर मर्काउन बाध्य बने ।

वास्तवमा यो कार्यक्रम नेपाल पर्यटन बोर्डले नेपाल चाइना फ्रेन्डसीप फोरमसँगको सहकार्यमा आयोजना गरेको थियो । यसको व्यवस्थापन डा. कल्याणराज शर्माले गरेका थिए ।

कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, नेपाल पर्यटन बोर्डका सीईओ धनञ्जय रेग्मी, चिनियाँ दूतावासका अधिकारीलगायतको सहभागिता थियो । आफ्नो सम्बोधनमा बोर्डका सीईओ रेग्मीले नेपालमा चिनियाँ पर्यटकहरूलाई आकर्षित गर्नका लागि यो कार्यक्रम आयोजना गरिएको स्पष्ट पारे । त्यस्तै, महानगरका मेयर महर्जनले पर्यटकहरूलाई आफ्नो सहरमा स्वागत गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू आयोजना गर्न सहकार्यका लागि महानगर तयार रहेको सुनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया