लघुकथा
अपाङ्ग
शनिबार, ३० भदौ २०८०, १३ : ५४

‘ल है, दिदी बहिनी हो । भोलि दर खाने निमन्त्रणा छ ।’ सिमरनले फोनबाटै धमाधम निमन्त्रणा बाँडिन् ।
लाखौँको भोज आयोजना भयो । भव्य पार्टी आयोजना गरियो । गन्यमान्य नेता पुगे । मासुदेखि मदिरासम्म व्यवस्थापन थियो । ठुलो होहल्ला मच्चिएपछि नजिकैको वृद्धाश्रमबाट वृद्धहरूले चिहाए । अर्को छेउको अपाङ्ग आश्रमबाट अपाङ्गहरूले चिहाए । उनीहरूलाई अवहेलना भएको महसुस भयो ।
‘तीज त दिदी बहिनीका पीडा साट्न मनाइन्छ । हामी वृद्धहरूलाई केही खुवाएको भए के जान्थ्यो ?’ वृद्धाश्रमका एक वयोवृद्ध बोले ।
ह्विल चियरमाथि उठाउँदै मनमाया बोलिन्, ‘पैसा भएर मात्रै के गर्नु ? सही ठाउँमा प्रयोग नगरेपछि । हामीभन्दा बढी अपाङ्ग रहेछन् यी तीज मनाउनेहरू त ।
हेलम्बु–६, सिन्धुपाल्चोक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समाजवादी मोर्चाले आज विरोधका कार्यक्रम घोषणा गर्ने
-
अभिनेत्री दीया मास्केको आग्रह : फिल्ममा गएकाहरू नाटकमा फर्किनुस्
-
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
-
धार्मिक राज्य र हिन्दु राजाबारे शंकर पोखरेल– 'भारतमा जस्तै नेपालमा पनि संविधानले दिँदैन'
-
चैते धानको मूल्य निर्धारण : गत वर्षभन्दा एक सय रुपैयाँले बढ्यो
-
स्ववियु निर्वाचन : मनोनयन दर्ता आज