दयाहाङ र आँचलको ‘डिग्री माइला’ मुहूर्त, छायाङ्कन शुक्रबारबाट

काठमाडौँ । रामबाबु गुरुङको निर्देशन रहने फिल्म फिल्म ‘डिग्री माइला ः एमए थर्ड क्लास’को शुभ–मुहूर्त गरिएको छ । शनिबार कलाकार तथा प्राबिधिकको उपस्थितीमा नक्साल भगवती मन्दिरमा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै फिल्मको मुहूर्त गरिएको हो ।
मुहूर्त दयाहाङ राई, आँचल शर्मा, विजय बराल, माओत्से गुरुङलगायत कलाकारको उपस्थित थिए । अगामी शुक्रबार अर्थात (५असोज)बाट ओखलढुङ्गादेखि फिल्मको छायाङ्कन हुनेछ ।
मण्डला थिएटरमा २०७१ मा तीन पटकसम्म मञ्चन भएको ‘डिग्री माइला’ नाटकको थिमबाट निर्माण हुन लागेको फिल्ममा दयाहाङ राई केन्द्रीय भूमिका छन् । शैक्षिक बेरोजगारीले युवाहरुमा ल्याएको निराशामा आधारित भएर फिल्म बन्नेछ । नाटक पनि यही विषयमा केन्द्रित थियो ।
फिल्मको प्रदर्शन मिति भने नयाँ वर्ष (२०८१) बताइएको छ । बासुरी फिल्मस् प्रोडक्सनको ब्यानरमा बन्न लागेको फिल्म दयाहाङ र आँचलबीच पहिलो पटक सहकार्य हुन लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट
-
शिक्षकहरूको आन्दोलन र वार्ता सँगसँगै, प्रदर्शनका तस्बिरहरू
-
दुर्गा प्रसाईंविरुद्ध कसुर दर्ता किताबमा ३ मुद्दा दर्ता
-
धरानमा पहिलो पटक राष्ट्रिय ‘फाइट नाइट’ हुने
-
उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रवाहमा अलग गर्न आयोगको सुझाव
-
शिक्षकहरू आन्दोलन गर्न काठमाडौँ आउनु दलहरूका लागि लज्जाको विषय : गगन थापा (भिडियोसहित)