जाम्पाले खराब बलिङको रेकर्ड बनाउँदा दक्षिण अफ्रिकाको शानदार जीत

काठमाडौँ । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दक्षिण अफ्रिकासँग १६४ रनको भारी अन्तर पराजित हुँदा अस्ट्रेलियाका एडम जाम्पाले संयुक्त रूपमा सबैभन्दा खराब बलिङको रेकर्ड बनाएका छन् ।
लेग-स्पिनर जाम्पाले आफ्नो १० ओभरमा कुनै पनि विकेट नलिई ११३ रन खर्चेका थिए । जाम्पाले सन् २००६ मा अस्ट्रेलियाकै मार्क लुइसले बनाएको सबैभन्दा खराब बलिङको रेकर्ड बराबर गरेका हुन् ।
उनले अन्तिम ओभरमा २६ रन खर्चिए, जसमा क्लासेनले तीन छक्का र डेभिड मिलरले पनि चौका प्रहार गरे । जाम्पाको अन्तिम दुई ओभरमा दक्षिण अफ्रिकाले ४४ रन जोडेको थियो।
दक्षिण अफ्रिकाले अस्ट्रेलियाविरुद्ध ५ विकेटको क्षतिमा ४१६ रन बनाएको थियो। एक दिवसीयमा उसको यो दोस्रो उच्च स्कोर हो । विकेटकिपर ब्याट्सम्यान हेनरिक क्लासेनले ८३ बलमा सर्वाधिक १७४ रन बनाए । जवाफमा एलेक्स केरीले ९९ रन बनाए पनि अस्ट्रेलियाले २ सय ५२ रन मात्रै बनाउन सक्यो ।
आइतबार जोहानेसबर्गमा हुने फाइनल खेलअघि दक्षिण अफ्रिकाले पाँच खेलको शृङ्खलामा २–२ को बराबरी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढोरपाटनमा हिमपात, जनजीवन प्रभावित
-
रातोपाटी ब्रिफिङ : बालेनलाई शंकर पोखरेलको कडा जवाफदेखि गण्डकीले खारेज गर्यो दुग्ध विकास बोर्डसम्म
-
तरूण कपको उपाधि घतान र अन्नपूर्णलाई
-
गण्डकीले खारेज गर्यो दुग्ध विकास बोर्ड, विज्ञान प्रविधि प्रतिष्ठान र ताल प्राधिकरण
-
उपल्लो मुस्ताङको उच्च लेकमा हिमपात
-
प्रधानन्यायाधीश प्रकाशमानिसंह राउतद्वारा महादेव गुफाको अवलोकन