संघीयता कार्यान्वयन गर्न प्रदेशलाई पूर्ण अधिकार दिनुपर्छ : मुख्यमन्त्री चौधरी
शुक्रबार, २९ भदौ २०८०, २० : ५८

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संघीययताको पूर्ण कार्यान्वयनका लागि प्रदेश सरकार अधिकार सम्पन्न हुनुपर्ने बताएका छन् ।
प्रदेश सरकार र स्थानीय सरकारले पूर्ण अधिकार नपाएको भन्दै उनले तत्काल अधिकार सम्पन्न गराउन संघीय सरकारसँग आग्रह गरे ।
गाउँपालिका महासंघले दाङको भालुवाङमा शुक्रबार आयोजना गरेको स्थानीय सरकार र प्रदेश सरकारबीच प्रदेशस्तरीय परामर्श गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले संघले अधिकार तल्लो तहमा नदिँदा कार्य सम्पादनमा समस्या भइरहेको बताए ।
अधिकारमा सम्पन्न सरकार नहुँदा संघीयता कार्यान्वयन नभएको उनको तर्क छ ।
मुख्यमन्त्री चौधरीले प्रदेश सरकारले पाएको अधिकार संघले दिन नखोज्दा संघीयता कार्यान्वयनमा जटिलता उत्पन्न हुने संकेत देखिएको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेपको अवैध कारोबार गरी कर छल्ने चार जनाविरुद्ध मुद्दा दायर
-
अर्घाखाँचीको धार्मिक स्थल पाणिनिमा चार जिल्लाको सुरक्षा बैठक
-
पाङ्ग्रा जनकपुरमा ! बुद्ध एयरको जहाज काठमाडौँमा अवतरण पछि ग्राउन्डेड
-
एमडीएमएस प्रकरण: पूर्वअध्यक्षद्वय झा र खनाललाई १३ महिना जेल
-
अवकाश हुनुभन्दा १२ दिनअघि भट्टराईलाई एआईजीको फुली ‘उपहार’
-
जुम्ला केन्द्रबिन्दु भएर भूकम्प