एमाले पार्टी होइन ओली गुट मात्र हो : घनश्याम भुसाल
शुक्रबार, २९ भदौ २०८०, १९ : ५१

सल्यान । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेकपा एमाले पार्टी नभएर अध्यक्ष केपी शर्मा ओलीको गुटमात्र भएको आरोप लगाएका छन् ।
शुक्रबार सल्यानको सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
पार्टीको नीति अनुसार नेता चल्नु पर्नेमा एमालेमा नेतावादी नीति मौलाउँदै गएको भुसालको भनाइ छ ।
‘एमाले ओली रूचाउनेहरूको झुन्डमात्र हो,’ उनले भने,‘ जसका कारण संसद् विघटनदेखि नेकपा विभाजन हुँदै एमाले फुटेको हो ।’
वामपन्थी कम्युनिस्ट पार्टी एक हुनुको साटो ओलीकै कारण एमाले फुटेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
त्यो एक साँझ, जसले नेहालाई बनायो सेलिब्रेटी
-
बसाइँसराइले बरेङमा बस्ती सुनसान
-
चेतनाको अभाव र भौगोलिक विकटताले घरमै हुन्छन् सुत्केरी
-
देशमा पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
-
महाशिवरात्रि नजिकिंदा मिथिला महाकुम्भ यात्राको तयारी