ट्रक चालकले ब्याक गरी मोटरसाइकल चालकलाई मारेको आरोप

रौतहट । रौतहटको पश्चिमी भेग फतुवा विजयपुर नगरपालिकास्थित सन्तपुर दोस्तिया चौकमा ट्रकको ठक्करबाट एकजना मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ।
कोपवा बजारमा सिमेन्ट पुर्याएर निजगढतर्फ जाँदै गरेको ना ५ ख ३४५१ नम्बरको ट्रकले सन्तपुर दोस्तिया चौकमा ना ५१ पा ४९४१ को मोटरसाइकललाई ठक्कर दिँदा चालक चालक फतुवा विजयपुर १ का ३५ वर्षीय उमेश यादवको घटनास्थलमै मृत्यु भएको हो।
तीव्र गतिमा रहेको ट्रकको ठक्करबाट टाढासम्म उछिट्टिएका मोटरसाइकल चालकमाथि ट्रक फर्काएर मारेको स्थानीयले दाबी गरेका छन् । मोटरसाइकल पनि क्षतिग्रस्त अवस्थामा ट्रकमुनि रहेको छ ।
घटनालगत्तै ट्रक चालक बारा निजगढ–६ वर्ष ४१ को मुकुन्द पोखरेलमाथि स्थानीयले हातपात सुरु गरेका थिए । लगत्तै इलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियाबाट गएको टोलीले चालक पोखरेललाई सुरक्षा दिएर प्रहरी कार्यालय लाग्न खोज्दा भीडन्त भएको थियो ।
स्थानीयले चालक पोखरेलसँगै प्रहरी कार्यालयमा समेत आक्रमण गर्न खोज्दा प्रहरीले ३ राउण्ड हवाई फायर गरेको इलाका प्रहरी कार्यालय विजयपुर लक्षमिनियाका प्रमुख इन्स्पेक्टर विजय कार्कीले बताए ।
आक्रमणले प्रहरी कार्यालयको झ्यालको सिसा फुटेको तथा कयौँ प्रहरीलाई चोटपटक लागेको इन्स्पेक्टर कार्कीले जानकारी दिए । घटना साम्य पार्न प्रहरीले पुनः २ राउण्ड हवाई फायर गरेको थियो ।
ट्रक चालक पोखरेलको उपचारको लागि वीरगंज अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
घटना भएको समय अपराह्न ३ बजेदेखि नै मृतकका आफन्तले बन्कुल निजगढ सडक खण्डअन्तर्गत सन्तपुर दोस्तिया चौकमा शव तेर्साएर बाटो अवरुद्ध गरेका छन् ।
इन्स्पेक्टर कार्कीले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन् । अहिले पीडित पक्ष र प्रहरीबीच वार्ता भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुलमानलाई ऊर्जामन्त्री खड्काको २४ घण्टे स्पष्टीकरण
-
अन्य दलसँग संघर्षभन्दा बढी नै समन्वय गर्दा पार्टी कमजोर भयो : प्रचण्ड
-
च्याम्पियन्स ट्रफीमा वर्षाले सधैँ किन लखेट्छ अस्ट्रेलियालाई ?
-
उपचारात्मक क्षेत्रमा नागरिकलाई बढी सुविधा दिने कुरामा सरकार गम्भीर छ : मन्त्री पौडेल
-
अडियो बाहिरिएपछि मन्त्रीका स्वकीय सचिवले विष खाए, उपचारका क्रममा मृत्यु
-
नागरिक उड्डयन प्राधिकरण टुक्र्याउनेसम्बन्धी दुई विधेयक प्रतिनिधि सभामा प्रस्तुत