ताइवानले एलन मस्कलाई किन भन्यो ‘यो बिकाऊ होइन’ ?
शुक्रबार, २९ भदौ २०८०, १६ : ५०

ताइवानले एलन मस्कको एउटा बयानमा आपत्ति जताउँदै जवाफ फर्काएको छ । एलनले ताइवानलाई चीनको हिस्सा बताएपछि यसको जवाफ दिइएको छ ।
अर्बपति व्यापारी मस्कको यो बयानपछि ताइवानले ताइवान बिकाऊ नभएको बताएको छ ।
ताइवानका विदेश मन्त्री जोसेफ वुले एलन मस्कको सोसल मिडिया प्लेटफर्म एक्समा भने, ‘सुन्नुहोस् त, ताइवान चीनको हिस्सा होइन र निश्चित रूपमा यो बिकाऊ पनि होइन ।’
यसै हप्ता एक व्यापारिक सम्मेलनमा एलन मस्कले ताइवानलाई हवाईसँग तुलना गर्दै यसलाई चीनको ‘अभिन्न अङ्ग’ बताएका थिए ।
चीनले ताइवान आफ्नो हिस्सा भएको दाबी गर्छ । यता ताइवानले भने यहाँको सत्ता आफ्नै मानिसहरूको हातमा भएको बताउने गर्छ ।
यो मुद्दामा चीन र ताइवानबीच तनाव लगातार बढिरहेको छ । केही दिन अघि ताइवान आसपासको क्षेत्रमा चीनको वायुसेना र नौसेनाले युद्धाभ्यास गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य स्वयंसेविकालाई साइकल उपहार
-
प्रतिनिधि सभा सदस्यको एक स्थान रिक्त भएको आधिकारिक जानकारी
-
धोनीले कप्तानी सम्हालेकै खेलमा चेन्नई ध्वस्त, कोलकातासँग ८ विकेटको हार
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईं र बडिगार्ड दीपक खड्कालाई थुनामा राख्न १२ दिनको अनुमतिदेखि बिनासर्त तत्काल रिहा गर्न मागसम्म
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?
-
तीनकुने घटनामा भएको प्रेस स्वतन्त्रता हनन्का सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग