एलिजाले भनिन्, ‘फिल्ममा फर्किन्छु, नागरिक उन्मुक्ति पार्टीमा फर्किन्न’

काठमाडौँ । अभिनेत्री एलिजा गौतमले आफू अव नागरिक उन्मुक्ति पार्टीमा नफर्कने बताएकी छन् । उनले हालै नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीसँग समेत भेट गरेकी छन् । भेटमा चौधरीले उनलाई पार्टी नछाड्न आग्रह गरेका थिए । चौधरीसँगको उनको भेटलाई लिएर धेरैले एलिजा फेरि नागरिक उन्मुक्ति पार्टीमा फर्कन लागेको अडकल काटेका छन् ।
गौतमले पनि चौधरीसँग भेट भएको रातोपाटीसँग स्वीकारेकी छन् । ‘मेरो चौधरीसँग भेट भएको पार्टीमा फर्कन होइन । उहाँको चाहाना भए पनि म फर्किन्न’ चौधरीसँग अनौपचारिक भेट भएको बताएकी छन् । ‘संस्थापक चौधरीको मलाई पार्टीमा फर्काउने चाहना छ तर म अव फर्किन्न’, गौतमले भनिन् ‘भेटमा पार्टीमा फर्कने भन्दा पनि अन्य विषयमा कुरा भयो ।’ उनले आफू टेलिभिजनको काममा व्यस्त भएकोले राजनीतिमा फर्कने सम्भावना कम भएको सुनाइन् ।
‘म राम्रो प्रोजेक्ट आए फिल्म अभिनयमा फर्कन्छु । तर नागरिक उन्मुक्ति पार्टीमा फर्कन्न’ उनले थपिन् । एलिजाले फिल्म ‘अनुराग’ अभिनय गरेकी छन् ।
एलिजाले नागरिक उन्मुक्ति पार्टी केही अगाडि मात्र छाडेकी हुन् । अघिल्लो वर्षको माघमा नागरिक उन्मुक्तिमा प्रवेश गरेकी एलिजाले गत असारमा पार्टी परित्याग गरेकी हुन् ।
नागरिक उन्मुक्तिका संस्थापक रेशम चौधरीलाई जेलबाट छुटाउन आन्दोलनमा एलिजा पनि सक्रिय थिइन् । फिल्म ‘अनुराग’ अभिनयमा डेब्यु गरेकी एलिजाले थुप्रै म्युजिक भिडियो अभिनय गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्ध अन्त्य ‘निकै टाढा’ भनी जेलेन्स्कीले दिएको अभिव्यक्तिमाथि खनिए ट्रम्प
-
आफ्नै जमिन नहुनेहरुका लागि अल्लो बन्यो उद्यम
-
विराट गोल्डकप फुटबलः पहिलो खेलमा मोरङ एफए विजयी
-
१२ बजे, १२ समाचार : महान्यायाधिवक्ता कार्यालयले दिएन रेखा शर्मा प्रकरणको सूचनादेखि हृदयाघात भएका पूर्वयुवराज पारस शाह आइसीयुमासम्म
-
केपी ओली कप फुटबल : मछिन्द्रका सनिश सर्वोत्कृष्ट खेलाडी
-
नेपाली जनप्रगतिशील मञ्च जापानको साधारणसभा तय