हेटौँडा अस्पतालका ७९ चिकित्सकले मेडिकल सुपरिटेन्डेन्टलाई बुझाए सामूहिक राजीनामा
![हेटौँडा अस्पतालका ७९ चिकित्सकले मेडिकल सुपरिटेन्डेन्टलाई बुझाए सामूहिक राजीनामा](https://npcdn.ratopati.com/media/news/hetauda-hospital3_dfdkZ7A0wF.jpg)
मकवानपुर । हेटौँडा अस्पतालका ७९ चिकित्सकहरूले सामूहिक राजीनामा पत्र तयार गरेका छन् । हेटौँडा अस्पतालको विभिन्न विभागमा कार्यरत सम्बन्धित रोग विशेषज्ञ डाक्टर तथा मेडिकल अधिकृतहरूले सामूहिक रूपमा राजीनामा पत्र तयार गरेका हुन् । चिकित्सकले कुटपिटमा संलग्नलाई कारबाही माग गर्दै सामूहिक राजीनामा पत्रमा हस्ताक्षर गरी मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटा बुझाएका हुन् ।
उक्त पत्रमा सुरक्षाको प्रत्याभूति नभएकाले उपचार सेवा प्रवाह गर्न नसक्ने कारण उल्लेख गरिएको एक चिकित्सकले जानकारी दिए । उनका अनुसार अस्पताल भित्रै प्रवेश गरेर उपचारमा खटिएका डाक्टर माथि आक्रमण गर्ने र कारवाहीका लागि प्रहरी प्रशासनले देखाएको आनाकानी विरुद्ध सामूहिक रूपमा राजीनामा दिनुपर्ने बाध्यता देखिएको हो । ‘सेवा प्रवाह गरे बापत डाक्टर पिटिनुपर्ने, प्रहरी प्रशासनले कारबाहीमा गरेको ढिलासुस्तीले हामीलाई हतोत्साहित बनाएको छ । डाक्टरहरूले सुरक्षित महसुस भएर काम गर्ने वातावरण छैन । त्यसैले सामूहिक राजीनामा लेखेका हौँ ।’ उनले भने ।
हेटौँडा अस्पतालका मेसु डा. सापकोटा मार्फत हस्ताक्षर प्रमुख जिल्ला अधिकारी समक्ष बुझाउने तयारी गरिएको उनले बताए ।
‘प्रहरी प्रशासन कै अगाडी डाक्टर काट्छ मार्छु भन्ने धम्की आउँदा सम्म सुरक्षा निकाय मौन देखिएपछि त्रासपूर्ण वातावरणमा काम गर्न सक्ने अवस्था बनेन र हामी सामूहिक राजीनामाको तयारीमा लागेका हौँ ।’ उनले भने, ‘हामीले ७८ जना डाक्टरको हस्ताक्षर सङ्कलन गरेका छौँ । उक्त सङ्कलित हस्ताक्षरसहितको राजीनामा पत्र मेसु सापकोटा मार्फत प्रशासनमा जान्छ । त्यसमा उहाँको पनि हस्ताक्षर रहन्छ । सोही अनुसार राजीनामा पत्रमा ७९ जनाको हस्ताक्षर हुन्छ ।’
यद्यपि सो पत्र अझैसम्म प्रमुख जिल्ला अधिकार समक्ष नपठाएको मेसु सापकोटाले बताए । समय र परिस्थिति अनुसार राजीनामा पत्र प्रमुख जिल्ला अधिकारीलाई बुझाइने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघरमा आन्दोलनरत स्वर्गद्वारी गुठी पीडित किसानलाई सरकारद्वारा वार्ताको लागि आह्वान
-
१२ बजे, १२ समाचार : पूर्व राष्ट्रपति भण्डारीलाई बाटो खुल्योदेखि बागमतीका ८ सहकारीको छानविनमा सीआईबीलाई निम्तोसम्म
-
रुकुम पूर्वमा तीन जनाको शव फेला
-
१० बजे १० समाचार : विद्यालाई बाटो खुला, बलात्कार आरोपीलाई उन्मुक्ति
-
ढल्कुबाट लागुऔषध एम्फेटामाइन आइससहित दुईजना पक्राउ
-
सामाजिक सञ्जालसम्बन्धी विधेयक जसरी पनि संसदबाट पास गर्छौं : सञ्चारमन्त्री