डेङ्गु सङ्क्रमण रोक्न रेडक्रसले थाल्यो अभियान
![डेङ्गु सङ्क्रमण रोक्न रेडक्रसले थाल्यो अभियान](https://rpcdn.ratopati.com/media/albums/dengue_pzWZcyutGd.jpg)
सङ्खुवासभा । सङ्खुवासभामा डेङ्गु सङ्क्रमण रोक्न जिल्ला रेडक्रस सोसाइटीले तीन महिने अभियान थालेको छ । जिल्लामा डेङ्गु सङ्क्रमण तीव्र गतिमा फैलिए पछि रेडक्रसले उक्त अभियान थालेको हो ।
रेडक्रसले आगामी नोभेम्बरसम्म डेङ्गुविरुद्धको अभियान सञ्चालन गरेको हो । यस क्रममा विद्यालयमा बालबालिकालाई डेङ्गुको बारेमा जानकारी दिन ‘स्कूल हेल्थ नर्स’ कार्यक्रम अघि बढाइएको जिल्ला रेडक्रस सोसाइटीका अध्यक्ष सरोजकुमार बज्राचार्यले जानकारी दिए । यसका साथै रेडक्रसले डेङ्गु नियन्त्रण तथा रोगथामका लागि स्वयमसेवक परिचालन तथा स्थानीय तह र स्वास्थ्य संस्थामार्फत लार्भा खोज र नष्ट अभियानसमेत थालेको छ । हिमाली जिल्लामा पनि डेङ्गु सङ्क्रमित बढेपछि रेडक्रस सोसाइटीले अभियान सुरु गरेको हो ।
सङ्खुवासभामा साउनयता डेङ्गु सङ्कमितको सङ्ख्या छ सय २५ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयका खोप अधिकृत रोशन श्रेठका अनुसार १० स्थानीय तह मध्ये आठमा डेङ्गु सङ्क्रमण फैलिएको छ । “भोटखोला र चिचिला गाउँपालिकामा मात्र डेङ्गु सङ्क्रमित देखिएका छैनन्”, उनले भने । सबैभन्दा बढी सङ्क्रमित खाँदबारी नगरपालिकामा भेटिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषि बालीमा धेरै विषादी प्रयोग नगर्न कृषिमन्त्रीको आग्रह
-
अर्जुन ट्रफी क्रिकेट : सेमिफाइनलका खेल आजदेखि, डडेल्धुरा र बुटवल भिड्दै
-
अर्थतन्त्रको अवस्थाबारे दुई शीर्ष नेतृत्वको अतिरञ्जित अभिव्यक्ति
-
क्षेत्र निर्धारण गरेर फोहर व्यवस्थापन गर्दै कामपा
-
निश्चिन्त भई एचपीभी खोप लगाउन नेपाल चिकित्सक संघको आग्रह
-
दशगजाबाट गम्भीर घाइते अवस्थामा एक नेपालीको उद्धार