दैलेखमा चट्याङ लागेर एक जनाको मृत्यु, १९ जना घाइते

दैलेख । दैलेखका चट्याङ पर्दा एक जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्। मृत्यु हुनेका महावु गाउँपालिका– १ की ४२ बर्षीय भुमिसरा खत्री रहेकी छन्।
भुमिसराको जिल्ला अस्पताल दैलेखमा उपचारका क्रममा साँझ ६ बजे मृतक घोषणा भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । बिहिबार अपरान्हपछि दैलेखका चार स्थानमा चट्याङ परेको छ ।
महाबु गाउँपालिका–१ खरिगैरा, ओखलढुङ्गा, डुङ्गेश्वर गाउँपालिका–६ लयाटी र नारायण नगरपालिका–४ तामेखोलामा चट्याङले क्षती पुर्याएको हो । चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार ओखलढुङ्गा स्थित मानबहादुर सेनको घरमा चट्याङ परेको थियो । उनकी श्रीमती पदमकुमारी सेन घाइते भएकी छन् भने घरमा बाँधेको बाख्रा मरेको छ । घाइते पदमकुमारीको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको छ ।
चट्याङबाट दलबहादुर गुरुङ, जयबहादुर गुरुङ, सम्झना गुरुङ, रोशनी गुरुङ, खरजंग गुरुङ घाइते भई बेहोस भएकोले जिल्ला अस्पताल दैलेखबाट प्रदेश अस्पताल सुर्खेत रिफर भएका छन् ।
यस्तै, शान्ति गुरुङ, भद्रदेवी खत्री, बिनिता सेन, गंगा सेन, शिसिर सेन, करिष्मा सेन, कबिराज थापा, शेरबहादुर सेन, पदमाकुमारी सेन, मनसरा जैशी र मिनबहादुर थापा घाइते छन् । उनीहरुको जिल्ला अस्पताल दैलेखमा उपचार भईरहेको छ ।
यसैगरी, नारायण नगरपालिका ४ तामेखोला स्थित दिलबहादुर खड्काको गोठमा चट्याङका कारण एक गोरुको मृत्यु भएको छ भने अर्को घाइते भएका छ ।
उक्त चट्याङबाट स्थानीय पार्वती कठायत र नन्दा कठायत घाइते भई बेहोस अवस्थामा जिल्ला अस्पताल दैलेखबाट थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पाका सबै स्थानीय तहमा आज सार्वजनिक बिदा
-
३ केजी ४७५ ग्राम सुनसहित विमानस्थलबाट ४ जना पक्राउ
-
कर्णाली सरकारले ल्यायो ‘घर बीमा’ कार्यक्रम
-
ट्रम्पको क्याबिनेट बैठकको कभरेज गर्नबाट प्रमुख समाचार संगठनमाथि रोक
-
सामाजिक अधिकार एक सेन्टिमिटर पनि तलमाथि हुँदैन : प्रधानमन्त्री
-
नेपाल विश्वकै प्रदूषित सहरको सूचीमा, वायु गुणस्तर ‘अत्यन्तै अस्वस्थकर’