जहाजबाट आउँथ्यो सुन, रसुवागढी नाकाबाट सुन गाल्ने मेशिन !

काठमाडौँ । सुन तस्करले चीनबाट नै सुन गाल्ने मेशिन ल्याएको थाहा भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौँका चार ठाउँबाट १० वटा सुन गाल्ने मेशिन बरामद गरेको छ ।
ती मेशिनहरु तस्कर समूहले चीनबाट ल्याएको देखिएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् ।
६० किलो ७ सय १६ ग्राम सुन तस्करीमा संलग्न समूहले जहाजमार्फत मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’ मा लुकाएर सुन ल्याएका थिए । तर, गाल्ने मेशिनचाहिँ सडकमार्गबाट ल्याएको पाइएको छ ।
सुन तस्करले रसुवागढी नाकाबाट सुन गाल्ने मेशिन ल्याएका हुन् । चीनको केरुङबाट नेपालतर्फ ल्याएर भन्सार जाँचपास गरेरै मेशिन ल्याएको भेटिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीलाई बताए । उनले भने, ‘सुन गाल्ने मेशिन भनेरै भन्सार जाँचपास गरेको भेटिएको छ ।’
रसुवागढी नाका रसुवाको गोसाइकुण्ड गाउँपालिका वडा नम्बर–२ मा पर्छ ।
तस्करको गोदामबाट साना–ठुला १० थान मेशिन बरामद गरिएको सीआईबीकी निर्देशक किरण बज्राचार्यले रातोपाटीलाई बताइन् । उनले भनिन्, ‘टोखा, चावहिल, बालुवाटार र सोह्रखुट्टेबाट गाल्ने मेशिन बरामद गरेका छौँ ।’
टोखा स्थित गोदामबाट ५ वटा, चावहिल गोदामबाट १ थान, बालुवाटारबाट २ थान र सोह्रखुट्टेबाट २ थान मेशिन राजस्व विभाग र सीआईबीले बरामद गरेको थियो । बालुवाटार र सोह्रखुट्टेमा सुन कारोबारीले सटर लिएर गोदाम सञ्चालन गरेका थिए ।
टोखामा सञ्चालिन कारखाना याओ पुचेङ्ग समूहले ह्याण्डल गरेका थिए । सुन तस्करीमा टोखा समूह र लाजिम्पाट समूह सक्रिय देखिएको केन्द्रीय अनुसन्धान ब्यूरोको अनुसन्धान निष्कर्ष छ । सुन तस्करीमा लाजिम्पाट समूहको प्रमुख चोङ चिङ छ्वान उर्फ श्याम हुन् । श्याम फरार छन् । उनको समूहका जीक्वाङ लिन ब्यूरोको हिरासतमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्याङ्की निर्माण भएको पाँच वर्ष, प्रयोग नहुँदै जीर्ण
-
हावाहुरीले केराखेतीमा क्षति, तनावमा किसान
-
१२ बजे, १२ समाचार : नो केबलकार पक्षद्वारा आन्दोलनका थप कार्यक्रम घोषणादेखि आफ्नै साथीको हत्या आरोपमा ३ जना पक्राउसम्म
-
आफ्नै साथीको हत्या गरेको आरोपमा पर्सामा ३ जना पक्राउ
-
पाथीभरा केबलकार विवाद : आन्दोलनका थप कार्यक्रम घोषणा
-
बैंकिङ्ग कसुर मुद्दामा फरार युवती पक्राउ