चिकित्सकमाथि कुटपिट : ‘ज्यान जोगाउनेको ज्यानको सुरक्षा खै ?’
_VSubXpfDho.jpg)
मकवानपुर । चिकित्सकमाथि भएको हातपातको विषयमा हेटौँडाका युवाहरुले शान्तिपूर्ण रूपमा प्रदर्शन गरेका छन् । उनीहरुले चिकित्सकमाथि भएको हातपातको घटना निन्दनीय रहेको भन्दै ‘प्ले’सहित प्रदर्शन गरेका हुन् ।
बिहीबार साँझ वर्षमा रुझ्दै युवाहरुले प्रदर्शन गरेका हुन् । हेटौँडाका युवा विकेशलाल श्रेष्ठको अगुवाइमा न्यायका लागि प्रशासनमाथि शान्तिपूर्ण दबाब दिन प्रदर्शन गरिएको बताइएको छ । उनीहरुले ‘उपचार गर्नेले नै कानुनी उपचार पाएनन्’, ‘डाक्टरभन्दा डाँका प्यारो हुने कस्तो जमाना आयो बरी लै’, ‘उपचार गर्ने मान्छे नै भर्ना भएपछि बिरामी जाने मन्दिर त हा.ला नि ?’, ‘स्वास्थ्यकर्मीका लागि न्याय खोज्न कहाँ जाऊ ?’, ‘ज्यान जोगाउनेको ज्यानको सुरक्षा खै ?’ जस्ता प्ले कार्डसहित प्रदर्शन गरेका थिए ।
श्रेष्ठका अनुसार बुधबार हेटौडा–१ स्थित सन्चो अस्पतालमा डा. प्रशान्त बिडारी र विकाश थापामाथि भएको सामूहिक कुटपिट घटनाको निन्दा गरेका छन् भने आफै न्यायालय बन्दै चिकित्सकहरूमाथि हातपात गरिएको घटनाले स्वास्थकर्मीहरुमा त्रास उत्पन्न भएको छ ।
चिकित्सकको गल्तीका कारण उपचारको क्रममा कुनै पनि व्यक्तिको मृत्यु भएको खण्डमा सम्बन्धित निकाय मार्फत कानुनी रूपमा अगाडि बढाउनु पर्ने भएपनि गल्ती रहेको आशंका भरमा हातपातमा उत्रिनु गलत भएको उनको भनाई छ ।
उनले स्वास्थ्यकर्मीको मनोबलमा ह्रास आउने गरी भएको हातपातको विषयमा छानबिन गरी दोषीमाथि कानुन बमोजिम कारबाहीको माग गरेका छन् । सुरक्षाको निमित्त खटिएको निकायले नै घटनाबारे मुद्दा दर्ता गर्न नमाने भए मकवानपुरका जनता न्याय माग्न कहाँ जाने हो भन्दै युवाहरुले प्रश्न गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गर या मर’ को स्थितिमा चेन्नई र हैदराबाद, हार्ने टोली उपाधि होडबाट बाहिरिने
-
संविधान संशोधनका लागि जनताको राय सर्वोपरि हुन्छ : सांसद मिश्र
-
भूकम्पीय जोखिमबाट बच्न चेतना फैलाउन आवश्यक छ : राष्ट्रपति पौडेल
-
बेनी–दरवाङ सडक : आठ वर्षमा १७ किलोमिटर कालोपत्रे
-
फ्राईडे रिलिज : ‘खेल’ भर्सेज ‘भूठान’
-
सर्वोच्चको आदेश शिक्षक नेताहरूको हठका विरुद्धमा हो : महासचिव पोखरेल