मनोरञ्जन
दीपक–दीपाको सिनेमा हल तयार, भोलि उद्घाटन, तस्बिरहरू
बिहीबार, २८ भदौ २०८०, १७ : १०

काठमाडौँ । ९ करोडको लागतमा दीपकराज गिरी र दीपाश्री निरौलाले नयाँ बानेश्वरस्थित शंखमुल रोडमा निर्माण गरिरहेको फिल्म हल शुक्रबारदेखि सञ्चालनमा आउने भएको छ । लामो समयदेखि निर्माण हुँदै आएको मल्टिप्लेक्स हल भोलि बिहान औपचारिक उद्घाटनसहित सञ्चानलमा आउन लागेको हो ।
‘हलको सम्पूर्ण निर्माण कार्य सकिएकाले उद्घाटन कार्यक्रमसहित सञ्चालनमा ल्याउन लागेको हो’, दीपाले भनिन् । उद्घाटनको दिन हलमा फिल्म नाङ्गो गाउँ र एक भागवत र एक गीता लाग्ने छ ।
हल केही अगाडि नै उद्घाटन गर्ने दीपक–दीपाको योजना थियो । आर्थिक मन्दी लगायत विभिन्न कारणले केही ढिलाइ हुन पुग्यो । आईएनआई सिनेमाजको फ्रेन्चाइज अन्तर्गत सञ्चालन हुन लागेको हलमा दुईवटा अडिटोरियम रहेको छ । जसमा दुई–दुई सय दर्शक क्षमता छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली कोदोको रक्सी संरक्षण तथा व्यवस्थापन समिति गठन
-
ऐसेलुखर्कमा निर्माणाधीन पालिकास्तरीय अस्पताल भवन निर्माणको अन्तिम चरणमा
-
सरकार र सहकारी सञ्चालक एउटै मञ्चमा, पीडित बचतकर्ता सडकमा
-
कराते टोली अस्ट्रेलिया जाने
-
दुर्गेश थापाको कन्सर्टको टिकट आइएमई पे र खल्तीमार्फत किन्न मिल्ने
-
पत्रकार सुरेश रजकको अन्तिम बिदाइ, तस्बिरहरू