यी हुन् एकीकृत समाजवादीका प्रदेश इन्चार्ज र अध्यक्षको जिम्मेवारी पाएका नेता
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले प्रदेश इन्चार्ज, सहइन्चार्ज तथा अध्यक्षसहितका पदाधिकारी तोकेको छ । अध्यक्ष माधवकुमार नेपालले अन्तरपार्टी निर्देशन जारी गर्दै नेताहरुको जिम्मेवारी हेरफेर गरेका हुन् । जारी अपानीमा प्रदेश इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिवको जिम्मेवारी तोकिएको छ ।
कोशीको इन्चार्ज उपाध्यक्ष घनेन्द्र बस्नेत भएका छन् भने सहइन्चार्ज राजेन्द्र राई, देउमान सम्बाहाम्फे र अध्यक्ष बलदेव चौधरी भएका छन् । त्यसैगरी उपाध्यक्षमा राजन राई, धर्मराज निरौलाले जिम्मेवारी पाएका छन् भने सचिवमा महेश रेग्मी तथा उपसचिवको जिम्मेवारी सरिता थापाले पाएकी छन् । त्यसैगरी मधेस प्रदेशको इन्चार्जको जिम्मेवारी केन्द्रीय उपाध्यक्ष धर्मनाथप्रसाद साहले पाउँदा स्थायी कमिटी सदस्य रामप्रित पासवान, रत्नेश्वर गोइत र कल्याणी खड्काले सहइन्चार्जको जिम्मेवारी पाएका छन् ।
मधेस प्रदेशको अध्यक्ष रामचन्द्र यादव बन्दा स्थायी कमिटी सदस्य लक्ष्मण पौडेल र पोलिटव्युरो सदस्य रामचन्द्र साह तेलीले उपाध्यक्षको भूमिका पाएका छन् । सुधीर साह मधेस प्रदेशको सचिव बनेका छन् भने नारायण आचार्य उपसचिव बनेका छन् । गण्डकीको इन्चार्ज स्थायी कमिटी सदस्य तुलबहादुर गुरुङ बनेका छन् । गण्डकीको सहइन्चार्ज शारदा सुवेदीले पाएकी छन् भने अध्यक्ष रामजी शर्मा भएका छन् ।
लुम्बिनीको इन्चार्जमा केन्द्रीय कमिटी सचिव हरि पराजुली मनोनित भएका छन् भने सहइन्चार्जमा पोलिटव्युरो सदस्य निर्मल सुवेदीले जिम्मेवारी पाएका छन् । लुम्बिनीको अध्यक्षमा सोमप्रसाद पाण्डे, उपाध्यक्षमा पिताम्बर भुसाल मनोनित हुँदा केन्द्रीय सदस्य राजु गुरुङ सचिव र उपसचिवमा बृहस्पति अधिकारी र हरिप्रसाद घर्ती चयन भएका छन् ।
केन्द्रीय उपमहासचिव प्रकाश ज्वाला कर्णालीको इन्चार्ज बन्दा पोलिटव्युरो सदस्य चन्द्रबहादुर शही, शेरवहादुर केसी र हंसबहादुर शाही सहइन्चार्ज बनेका छन् । कर्णाली प्रदेशको अध्यक्ष अम्मबरबहादुर थापा चयन भएका छन् । त्यसैगरी सुदूरपश्चिमको इन्चार्ज केन्द्रीय कमिटी सचिव गरिमा शाह बन्दा सहइन्चार्जमा रामकुमार ज्ञवाली, परमानन्द भट्ट, प्रेमबहादुर आले र हनुमान चौधरीले पाएका छन् । त्यस्तै यो प्रदेशको अध्यक्ष केन्द्रीय कमिटी सदस्य हर्कबहादुर सिंह बन्दा उपाध्यक्ष शेरबहादुर कुँवर, सचिवमा दिनेशचन्द्र सुवेदी र उपसचिवमा दीर्घ सोडारी र माया भटट्ले जिम्मेवारी पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको लस एन्जेलसमा भिषण आगलागी, दुईको मृत्यु, कयौँ घाइते
-
१२ बजे, १२ समाचार : ऋषिकेष पत्नी अन्जला अदालत उपस्थित भएकै दिन १० लाख बुझाएर रिहादेखि दुर्गा प्रसाईं समर्थकले उद्योगीलाई धम्काएको आरोपसम्म
-
कक्षा ९ देखि १० को पाठ्यक्रम समसामयिक बनाउन निर्देशन
-
भूकम्पको पीडामा चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ जनताका साथमा छौँ : माओवादी
-
जापान सागरको क्षेत्रमा भारी हिमपातको चेतावनी
-
खुम्बु क्षेत्रमा भूकम्पको परकम्प