सीडीओ र एसपीसँग चिकित्सकको गुनासो, सुरक्षाको प्रत्याभूति खै ?
मकवानपुर । हेटौँडाका सरकारी तथा निजी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकहरूले राज्यले सुरक्षाको प्रत्याभूति दिन नसकेको बताएका छन् । बुधबार हेटौँडाको एक निजी अस्पतालमा २ चिकित्सकमाथि भएको हातपातको घटनालाई लिएर मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्य सेढाई र जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजालसंगको छलफलमा चिकित्सकहरूले राज्यबाट सुरक्षाको प्रत्याभूति प्राप्त गर्न नसकेको गुनासो गरेका हुन् ।
हेटौँडाका निजी तथा सरकारी अस्पतालमा कार्यरत चिकित्सकहरूले प्रमुख जिल्ला अधिकारी सेढाई र प्रहरी उपरीक्षक रिजाल कै अगाडि सुरक्षाको माग गरेका छन् भने सो अवस्था निर्माण हुन नसके चरणबद्ध रुपमा आन्दोलनमा उत्रिने बताएका छन् । हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटाले कानुनी राज्यको पालना गराउन गृह प्रशासन कमजोर बनेको बताए । उनले जिल्लामा कार्यरत चिकित्सकहरुलाई गृह प्रशासनले सुरक्षाको प्रत्याभूति दिलाउन नसकेको बताए ।
नागरिकहरूको उपचार गरे बापत चिकित्सकहरूले कहिलेसम्म पिटाइ खानु पर्ने हो ? भन्दै प्रश्नसमेत गरे । प्रशासन कै अघिल्लतिर चिकित्सकलाई काट्छु मार्छु भन्ने धम्की आउँदा समेत कुनै कानुनी प्रक्रिया अघि नबढाइएको भन्दै उनले असन्तुष्टि पोखे ।
बुधबार हेटौँडा–१, भिन्तुनापथ स्थित सन्चो अस्पतालमा २ चिकित्सक माथि हातपात भएको घटनाको भिडियो समेत सार्वजनिक हुँदासम्म सुरक्षा निकाय निरीह बनेको उनले बताए । उनले चिकित्सक माथि हातपात गर्ने सबैलाई कारबाही गर्नुपर्ने र स्वास्थ्यकर्मीको पूर्ण सुरक्षाको माग गरेका छन् । अन्यथा सम्पूर्ण स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकहरू आन्दोलनमा उत्रिने बाध्य हुने उनले बताए ।
छलफलमा उपस्थित भएका चिकित्सक, निजी अस्पताल सञ्चालक, औषधी व्यवसायी तथा स्वास्थ्यकर्मीले २४ घण्टाभित्र घटनामा संलग्नलाई हदैसम्मको कारबाही नभए सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी दिएका छन् । मेडिकल सुपरिटेन्डेन्ट डा. सापकोटाले अस्पतालमा कार्यरत चिकित्सकहरूले शान्ति सुरक्षा र घटनामा संलग्नलाई कारबाहीको माग गर्दै सामूहिक राजीनामा दिएको उनले बताए ।
बुधबार अस्पतालमा बिरामी हेरेर फर्किने क्रममा हेटौँडा अस्पतालमा कार्यरत एनेस्थेसिया विभागका डा. प्रशान्त बिडारी र सन्चो अस्पतालमा कार्यरत डा. विकास थापामाथि केही युवाहरूले हातपात भएको थियो ।
प्रमुख जिल्ला अधिकारी सेढाईंले घटनामा संलग्नलाई कारबाही गर्ने र त्यसका लागि प्रशासन तयार रहेको बताए । उनले उजुरी प्राप्त भए वा नभए पनि कानुन अनुसार घटनामा संलग्नलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याइने बताए ।
मकवानपुरका प्रहरी उपरीक्षक रिजालले उजुरी नपरेसम्म कारबाही प्रक्रिया कमजोर हुने बताए । उजुरी नपरी पक्राउ गर्दा हदैसम्मको कारबाही गर्न नसकिने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केयुको हल्ट पुरस्कार २०२४/०२५ को लागि दर्ता खुला
-
यी तीन गल्तीले बनाइदिन्छ पति-पत्नीको सम्बन्धलाई कमजोर
-
आलिया भट्टले किशोर कुमारलाई नचिनेपछि...
-
एनपिएलको उदघाटन खेल र अन्य खेल हेर्नका लागि टिकट मूल्य सार्वजनिक
-
सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई
-
१२ बजे, १२ समाचार : चीनसँग ऋणसम्बन्धी सम्झौता नगर्ने प्रधानमन्त्री ओलीको बाचादेखि ११ महिनापछि बल्ल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिसम्म