घाइते नसिम शाह एसिया कपबाट ‘आउट’, जमान खान ‘ईन’
बिहीबार, २८ भदौ २०८०, ११ : १८
कोलम्बो । भारतविरुद्धको सुपर फोर खेलमा काँधमा चोट लागेका पाकिस्तानका तीव्र गतिका बलर नसिम शाह एसिया कपबाट बाहिरिएका छन् । उनको स्थानमा जमान खानलाई टोलीमा बोलाइएको छ ।
पाकिस्तान क्रिकेट बोर्डले नसिमको स्वास्थ्यबारे टोलीको मेडिकल टिमले मूल्यांकन गरिरहेको र आगामी महिनाबाट सुरु हुने एकदिवसीय विश्वकपलाई ध्यानमा राख्दै आवश्यक सावधानी अपनाइएको जनाएको छ । जमानले पाकिस्तानको टोलीसँग प्रशिक्षकसमेत सुरु गरिसकेको पीसीबीको भनाई छ ।
उता, भारतविरुद्धको खेलमा रिजर्भ डेमा बलिङ नगरेका ह्यारिस राउफको पनि स्वास्थ्यमा सुधार भइरहेको बोर्डले जानकारी दिएको छ । भारतविरुद्ध दुवै राउफ र शाहले ब्याटिङ गरेनन् । टोली भारतसँग २२८ रनको विशाल अन्तरले पराजित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उमेरको हिसाबले एक दिनमा कति समय सुत्नुपर्छ ?
-
लेबल नलगाई सामान बेच्ने नेपाल डेरीलाई ५० हजार जरिवाना
-
१० बजे, १० समाचार
-
सिरिया र लेबनानमा रहेका नेपाली शान्ति सेनाको उद्धारका लागि योजना बन्दैछ : प्रधानसेनापति
-
फ्लाइ दुबईले कात्तिक २५ गतेदेखि भैरहवामा दैनिक उडान गर्दै
-
सहुलियत मूल्यमा न्यूरो उपचारका लागि सरकारी केन्द्र स्थापनाको तयारी, सम्भाव्यता अध्ययन गर्न समिति गठन