दुःख छिपाउने मेरा बा
बिहीबार, २८ भदौ २०८०, ११ : ०६

बा हातमा के भएको
तिमीले खान नमिल्ने ऐँसेलु फलेको छोरा भन्दै
दुःख छिपाउनु भयो ।
बा, साहुकाजी आज बिहानै किन हाम्रो घर आको
अनि हजुरसँग किन झर्किंदै बोल्दै थियो
तिमीले कति पढेऊ भनेर हेर्न आ’को बाबु
आज पनि बुवाले दुःख छिपाउनु भयो ।
बा मलाई नयाँ लुगा किन्दा आफूलाई
किन नकिन्नु भएको ?
‘मलाई पुरानो लुगा मन पर्छ बाबु’
फेरि दुःख छिपाउनु भयो ।
बाले दुःख छिपाएरै सुखबाट वञ्चित भइरहनुभयो
मलाई जिताउन आफू हारिरहनु भयो
हातमा उठेका ठेलालाई
ऐँसेलु भन्नुभयो
साहुले गाली गर्दा सहनुभयो
मलाई नयाँ लुगा किनेर आफू
पुरानै लुगामा चित्त बुझाउनुभयो
आज बुवा प्रश्न गर्नु हुन्छ–
छोरा गाउँ कहिले आउँछस् ?
तर म यथार्थ लुकाउँदै जवाफ दिने गर्छु
छिट्टै आउँछु बुवा !
दार्चुला
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
९ महिनामा ३१ अर्बको तरकारी आयात
-
अन्तर्राष्ट्रिय सैन्य अभ्यासमा स्वर्ण पदक विजेता नेपाली सेनाको टोलीलाई जङ्गी अड्डामा सम्मान
-
पोप फ्रान्सिसको अन्त्येष्टि शनिबार हुने
-
तीनकुने घटनामा संलग्न आरोपमा दुर्गा प्रसाईं निकट रायमाझी पक्राउ
-
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
गोली लागेको हातको दाग त्यति दुख्दैन, देशको अवस्था देखेर दुख्छ दिल