सामुदायिक विद्यालय कर्मचारी संघको ७७ वटै जिल्लामा समिति गठन (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसनिकट नेपाल सामुदायिक विद्यालय कर्मचारी संघको देशका सबै जिल्लामा तदर्थ समिति गठन गरिएको छ । संघका अध्यक्ष शशीकुमार केसीका अनुसार अहिले सबै जिल्लामा तदर्थ समिति गठन गरिएको छ ।
केन्द्रले जिल्ला अध्यक्ष र सचिव तोकेको उनले बताए । सबै जिल्लामा तदर्थ समिति बनेकाले अब संघ शैक्षिक विषय र पेसागत हितमा केन्द्रित भएर अगाडि बढ्ने अध्यक्ष केसीले बताए ।
सामुदायिक विद्यालयमा रहेका लेखापाल, प्रशासन कर्मचारी र सहयोगी यो संघका आवद्ध छन् । हरेक विद्यालयमा प्रशासन, लेखा र सहयोगी कर्मचारी रहे पनि उनीहरूको स्थायी दरबन्दी नहुँदा उनीहरूले पाउनुपर्ने सेवासुविधा नपाएको केसीले बताए । महासचिव रतन कार्कीले सामुदायिक विद्यालयका कर्मचारीहरूले पनि अन्य निजामती कर्मचारीसरह सेवा सुविधा पाउनुपर्ने बताए ।
संघका अध्यक्ष केसी र महासचिव कार्कीले कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायत पदाधिकारीसँग भेटेर सामुदायिक कर्मचारीका समस्याबारे जानकारी गराएका छन् । नेपाल शिक्षक संघसँग पनि यसबारे छलफल भएको अध्यक्ष केसीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक र सञ्चारकर्मीमाथिको दमन निन्दनीय छ : माओवादी केन्द्र
-
शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले दमन गर्यो : क्रान्तिकारी कम्युनिस्ट पार्टी
-
तीन अर्ब सन्ताउन्न करोड बराबरको चिया निर्यात
-
भोजपुर गोल्डकप : भोजपुरलाई हराउँदै भारतको जर्जियन क्लब विजयी
-
पोखरा विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राडा थापा
-
‘बौद्धदर्शनको प्रसारमा योगदान गर्ने व्यक्तित्वबारे अनुसन्धान गरिने’