‘ए’ श्रेणीमा राख्ने पहलस्वरुप आयोगका पदाधिकारीहरुद्वारा राष्ट्रपतिसँग भेट

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरसहितका पदाधिकारीहरुले बुधवार राष्ट्रपति रामचन्द्र पौडेलसाग भेटवार्ता गरेका छन् । राष्ट्रपति कार्यालय, शीतल निवासमा पौडेलसँग भेटघाट गरी मानवअधिकार आयोगको स्तर निर्धारणको विषयमा छलफल भएको प्रवक्ता टीकाराम पोखरेलले जानकारी दिए ।
छलफलमा आयोगका अध्यक्षले राष्ट्रिय मानवअधिकार आयोगले मानवअधिकार संरक्षण र सम्बद्र्धनका लागि सम्पादन गरेका कार्यको बारेमा जानकारी गराउँदै राष्ट्रिय मानवअधिकार आयोगलाई ‘ए’ श्रेणीमै कायम राख्नको लागि पेरिस सिद्धान्त बमोजिम राष्ट्रिय मानवअधिकार आयोग ऐन निर्माण गर्नुपर्ने र यसका लागि राष्ट्रपतिबाट आवश्यक पहल हुनुपर्ने भनाई राखे ।
राष्ट्रपति पौडेलले आयोगको स्तर ‘ए’ श्रेणीमै कायम राख्नको लागि आफ्नो तर्फबाट आवश्यक पहल गर्ने बताएको पोखरेलले बताए । भेटघाटमा आयोगका सदस्यहरु डा.सूर्य ढुङ्गेल, मिहिर ठाकुर, मनोज दुवाडी, आयोगका कामु सचिव मुरारीप्रसाद खरेललगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा, कस्तो रहला दिनभरको मौसम ?
-
उपराष्ट्रपति यादवद्वारा महावीर जन्मजयन्तीको शुभकामना
-
१२५ प्रतिशतबढी भन्सार लगाएपछि चीनसँग कुराकानी गर्ने ट्रम्पको उद्घोष
-
बंगलामुखिको बार आज कुन राशिलाई कति लाभदायी ?
-
मुक्तिनाथ गुठीको १७ हजार रोपनी जग्गा भोगचलन गर्नेको पोल्टामा
-
चारदेशीय टी-२० आई सिरिजः नेपाल कुवेतसँग खेल्दै