सेयर बजार किन घटिरहेको छ ? यस्तो भन्छन् जानकारहरु
काठमाडौँ । सेयर बजार घट्ने क्रम अझै रोकिएको छैन । सोमबार बजार खुलेको १ घण्टा हुन नपाउँदै ३ प्रतिशतले घटेपछि सर्किट ब्रेकर लगाइयो । आइतबार अर्थमन्त्रीले विराटनगरमा बजारमा बुझेर मात्र लगानी गर्न भनेपछि लगानीकर्ताको आक्रोशको पारो अझै बढेको छ । सोमबार बजार ५१.८९ अंकले घटेर ११६८.५५ बिन्दुमा आइपुगेको छ । समग्रमा बजार ४.३१ प्रतिशतले घटेको छ ।
बजार लगातार घटिरहँदा साना लगानीकर्ता (जो बजारमा सेयर होल्ड गर्न सक्तैनन) उनीहरु मारमा परेका छन् भने ठुला लगानीकर्ताको पनि आफ्नै खालको गुनासो छ । एका थरि सेयर बजारबारे जानकारहरु नयाँ सरकारले सेयर बजारलाई हेर्ने दृष्टिकोण परिवर्तन नभई बजारले गति नलिने बताइरहँदा अर्काथरि सेयर बजारमा ठुला लगानीकर्ताको स्वार्थ हाबी भयो भनिरहेका छन् । तर, विचार जे जस्तो भएपनि नयाँ सरकार गठनसँगै बजार अझै झर्ने क्रममै रहेको अहिलेसम्मको मार्केट स्थितीले देखाउँछ । बजार लगातार घटिरहँदा दोस्रो बजारको सेयर पनि झण्डै आइपिओ मूल्यकै हाराहारीमा पाउँन थालिएको छ । केही समयअघि पनि अर्थमन्त्री डा. युवराज खतिवडाले एक सञ्चार माध्यममा सेयर बजारका विषयलाई लिएर दिएको अभिव्यक्तिले लगानीकर्तालाई आक्रोशित बनाएको थियो । अर्थमन्त्री भएयता बजार १०० अंक भन्दा बढीले घटिसकेको छ । यसै सेरोफेरोमा रहेर सेयर बजारबारे जानकाहरुले अहिलेको स्थितीलाई कसरी हेरिरहेका छन् त ? भनेर रातोपाटीले बुझ्न खोजेका छौ ।
ठूला लगानीकर्ताको निहित स्वार्थले साना लगानीकर्ता सेकिए : अर्थविद तथा पुर्व गर्भनर दीपेन्द्र बहादुर क्षेत्री
अहिलेको सेयर बजारले ठुला लगानीकर्ताको निहित स्वार्थ रहेको प्रष्ट्याउँछ । ठूला लगानीकर्ता धेरै समयसम्म सेयर होल्ड गर्न सक्तछन् तर साना लगानीकर्ता जो सेयर किन्छन र अलि अलि बढ्ने बित्तिकै बेचिहाल्छन उनीहरु भने अहिले वास्तवमै मारमा परेका छन् । कृत्रिम किसिमको बजार गिरावट देखिएको छ । बजार अझै घटे साना लगानीकर्ताको पनि सेयर किन्न पाइने सोच ठूला लगानीकर्तामा छ । केही विद्यार्थी, घरमै बसिरहने गृहणीले अहिले सेयर बजारमा इन्गेज हुने अवसर पाएपनि उत्पादनशिल क्षेत्रमा त्यो रकम लगाएरसाँच्चै रोजगार सृजना गर्ने हो भने त्यसले फाइदा हुने थियो । यसमा अहिले सरकारकै कारण सेयर बजार घटेको भनिएपनि ठूला लगानीकर्ताका कारण बजार यो अवस्थामा आइपुगेको हो ।
पैसा बचाएर गरेको लगानीमा डर देखाइयो : इन्भेष्टर्स फोरम उपाध्यक्ष छोटेलाल रौनियार
सेयर बजर बढ्ने घट्नेक्रम चलिरहन्छ भनेर प्रवेश गर्ने लगानीकर्ता अहिलेको अस्वभाविका बजार घटाइले आत्तिएका छन् । सरकार यसमा संवेदनशील भएन । लगानीकर्ताले पटक–पटक भेट्न खोज्दा प्रधानमन्त्री र अर्थमन्त्री दुबै एउटा एउटा बहाना गरेर टारिरहेका छन् । प्रधानमन्त्री बन्नु भन्दा अघि सेयर बजारको पक्षमा बोलेका प्रधानमन्त्री अहिले बजार बारे मौन छ । यता, नियामक निकायको निस्कृयताले पनि बजार घट्न मदत गरिरहेको छ । अनलाइन ट्रेडिङ, एनआरएन लगानी भित्र्याउने, बाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स दिने जस्ता कुरा उठाएर अहिले नियामक (नेपाल धितोपत्र बोर्ड) नै मौन छ । अहिलेको बजार स्वभाविक छैन । यता राष्ट्र बैंक र बिमा समितिले पनि पुँजी बृद्धिका लागि कम्पनीहरुलाई कस्यो र हकप्रद खुला गरिदिएपछि सेयरको सप्लाई बढी भयो । तर, माग कम भयो जसले बजार ओरालो लागरिह्यो । सबै लगानीकर्ताले आफुले कमाएको पैसा बचाएर सेयरमा लगानी गरिरहेका हुन्छन् । उनीहरुलाई डर देखाउने काम भइरहेको छ ।
साना लगानीकर्ताको उद्धार गर्ने बेला आयो ः पूर्व बैंकर अनलराज भट्टराई
अहिले बजारमा ओभर एक्ट गर्नु जरुरी छैन । सरकारले बजारलाई लिएर सम्बोधन गर्न बाँकी नै छ । बजारको अवस्था हेर्दा जोसँग बढी सूचना छ, जसले आफुलाई जान्ने सम्झन्छ उसैले खेलिरहेको देखिन्छ । सधै उनीहरुलाई नै खेल्ने मौका दिनुहुँदैन । अब साना लगानीकर्तालाई उद्धार गर्नुपर्ने देखिन्छ । सेयर बजारमा जानकारी राखेर फण्डामेन्ट ल बुझेर प्रवेश गर्ने कम छन् । बजारमा प्रवेश गर्नेले जानकारी राख्नुपर्छ नत्र खेलाडीबाट बच्न गाह्रो हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुहारमा कसरी लगाउने टोनर ?
-
काठमाडौंमा ‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ हुने
-
१२ बजे, १२ समाचार : चुनौतीका चाङमाथि सामाजिक सुरक्षा कोष, सहकारी ठगीमा एमाले नेता कारागार चलानदेखि समाजवादीका ३४४ नेता बेरोजगारसम्म
-
आइसिसीका प्रतिनिधिले गरे पोखरा क्रिकेट मैदान निरीक्षण
-
जब कानुनमन्त्रीले प्रधानन्यायाधीशलाई दिनभर कुराए...
-
एनपीएल खेल्न बाबर हायत नेपाल आइपुगे, तस्बिरहरु