लक्ष्मी भ्यालु फण्ड २ को इकाइहरु नेप्सेमा सूचीकृत
बुधबार, २७ भदौ २०८०, १५ : १७
काठमाडौँ । लक्ष्मी भ्यालु फण्ड २ को इकाईहरु नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबारदेखि सूचीकृत भएको छ । फण्डको ८ करोड इकाइहरु नेप्सेमा सूचीकृत भएको हो ।
लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यस फण्डले गत साउन ५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणका लागि प्रति इकाई १० रुपैयाँका दरले निष्काशन तथा बिक्री खुला गरेको थियो । फण्डको इकाईहरु आउँदो भाद्र ३१ गतेदेखि दोस्रो बजारमा कारोबार हुनेछ ।
कोष प्रबद्र्धक लक्ष्मी सनराईज बैंक लिमिटेड रहेको यस फण्डको योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् चुहावट १२ दशमलव ७३ प्रतिशतमा सीमित
-
विराटनगर महानगरपालिका : आन्तरिक आम्दानीमा सुधार, लक्ष्य भेट्टाउन मुस्किल
-
पाकिस्तान सुपर लिग ड्राफ्ट : सन्दीप डायमन्ड क्याटेगोरीमा, अन्य को–को परे ?
-
सुक्खा बन्दरगाह र एकीकृत जाँचचौकी स्थापनाको आशा निराशातिर
-
रामचरणको ‘गेम चेन्जर’ले पहिलो दिनमा कति कमायो ?
-
स्मृति मन्धानाले बनाइन् नयाँ कीर्तिमान