सीआईबीले बुझायो ६० किलो सुनको अनुसन्धान प्रतिवेदन

काठमाडौँ । हङकङबाट ल्याएको ६० किलो ७ सय १७ ग्राम सुनबारे अनुसन्धान पुरा गरेर केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान प्रतिवेदन बुझाएको छ । प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा अनुसन्धान प्रतिवेदन बुझाइएको हो ।
ब्यूरोले अनुसन्धानको मिशिल बुझाएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख अच्यूतमणी न्यौपानेले रातोपाटीलाई बताए । थुनामा रहेका ३२ जनामध्ये २६ जनालाई मात्र प्रतिवादी बनाउन सीआईबीले राय दिएको छ । रोल्पा घर भएकी अमला रोका सहित १८ जनालाई फरार प्रतिवादी कायम गरिएको छ ।
रेडीट्रेड प्रा.लीले ६० किलोभन्दा बाहेक ३०२ किलो सुन तस्करी गरेर काठमाडौँ ल्याएको अनुसन्धानबाट देखिएको केन्द्रीय अनुसन्धान ब्युरोकी एआईजी किरण बज्राचार्यले रातोपाटीलाई बताइन् । तस्करीमा संलग्नहरुले पछिल्लो पटक करिब ३६२ किलो सुन तस्करी गरेको ब्युरोको अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सीआईबीले ३ अर्ब ५० करोड २ लाख रुपैयाँ बिगो कायम गर्नुपर्ने राय सहितको अनुसन्धान प्रतिवेदन बुझाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निलम्बित सचिव पाण्डे जेलबाटै अवकाशमा गएपछि बढुवाका लागि तीन सहसचिवको सिफारिस
-
ग्याल्पो ल्होसारले राष्ट्रिय एकतालाई सुदृढ गर्न प्रेरणा मिल्ने प्रचण्डको विश्वास
-
युएईबाट बोटिम मार्फत पठाएको पैसा आइएमई पेमा प्राप्त गर्दा ५०० सम्म बोनस
-
सुनको मूल्य तोलामा २२०० रुपैयाँ घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
गुजराजले सजिलै हरायो बेंगलुरुलाई
-
सशस्त्र प्रहरी विधेयकमा ६४ संशोधन प्रस्ताव