६० किलो सुन तस्करीमा भन्सारका कर्मचारीमात्रै ८ जना पक्राउ

काठमाडौँ । ६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणमा भन्सारका कर्मचारीमात्रै ८ जना पक्राउ परेको पाइएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीमात्रै ८ जना पक्राउ परेका छन् ।
यसैगरी भन्सार एजेन्ट ४ जना, कार्गो एजेन्ट ३ जना, ट्याक्सी चालक १ जना, भाषा अनुवादक १ जना, कम्पनी खोल्ने १ जना, कम्पनी खडा गर्ने र मालवस्तु व्यवस्थापक २ जना र सुनको कारोबारमा संलग्न ११ जना पक्राउ परेका छन् । यी सबैगरी ३२ जना पक्राउ परेको र अन्य १८ जना फरार रहेको प्रहरीले जनाएको छ ।
सीआईबीले सुन तस्करी प्रकरणमा फरार १८ जना खोज्नका लागि सबै विधिहरु अबलम्बन भएको जनाएको छ । पत्रकार सम्मेलनमा डीआईजी यज्ञविनोद पोखरेलले फरारहरुलाई पक्राउ गर्नका लागि पर्पल नोटिस जारी गरिसकिएको बताए ।
उनले अनुसन्धानका क्रममा थप विवरण खुलेको खण्डमा पुरक मुद्दा पनि लैजान सकिने बताए । सीआईबीले ६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणमा १८ फरारसहित ५० जनालाई प्रतिवादी बनाउन जिल्ला अदालत काठमाडौँलाई राय दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साक्षर अभियान सञ्चालन गर्न स्थानीय तहलाई प्रचण्डको आह्वान
-
भूमिसम्बन्धी अध्यादेश बिचौलियाका लागि ल्याइयो: कर्ण
-
सरकारले ल्याएको अध्यादेश राष्ट्रहितमा छैन : उपेन्द्र यादव
-
निःशुल्क कपडा उपलब्ध गराउँदै ‘कपडा बैंक’
-
भारतको उत्तराखण्डमा हिमस्खलन, ४१ मजदुर फसे
-
राप्रपा नेपालले बोलायो कार्यसम्पादन समितिको बैठक