निजी विद्यालय संचालकहरूले राखेका पूरै माग हुबहु सम्बोधन
काठमाडौँ । संसद्मा दर्ता भएको विद्यालय शिक्षा ऐन २०८० विधेयकमा निजी विद्यालय सञ्चालकहरूले राखेमा मागहरू हुबहु समेटिएका छन्।
यसअघिको विधेयकमा निजीलाई ५ वर्षभित्रमा शैक्षिक गुठीमा जानुपर्ने बाध्यकारी व्यवस्था गरिएको थियो । तर, नयाँ विधेयकमा ती बाध्यकारी व्यवस्था हटाएको हो। अब उनीहरूले स्वैच्छिक रूपमा गुठीमा समेत जान सक्नेछन्।
त्यस्तै निजीले राखेका अन्य मागहरू समेत सम्बोधन गरिएको छ। निजी लगानीका विद्यालयको स्थापना र कक्षा थपको स्वीकृति प्रदान गर्दा स्थानीय तहले तोकेए बमोजिम धरौटी माग गर्नुपर्ने भन्ने थियो। यसमा निजीवालाहरूले गम्भीर आपत्ति जनाएका थिए। यसमा अब धरौटी मात्र राख्नुपर्ने भन्ने उल्लेख गरिएको छ। स्थानीय आवश्यकता, औंचित्यतता र क्षमताको आधारमा निजी लगानीका विद्यालय स्थापना हुने भन्ने उल्लेख गरिएको छ।
यसअघि निजी लगानीका विद्यालयहरू बन्द गराउने मनसाय सरकारको रहेको भन्दै उनीहरूले विद्यालय बन्दको घोषणा गरेका थिए। त्यसपछि उनीहरूले अघि सारेका मागहरू नयाँ विधेयकमा समेट्ने सहमति गरेको थियो। र उनीहरूले आन्दोलनका कार्यक्रम स्थगन गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई
-
१२ बजे, १२ समाचार : चीनसँग ऋणसम्बन्धी सम्झौता नगर्ने प्रधानमन्त्री ओलीको बाचादेखि ११ महिनापछि बल्ल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिसम्म
-
नेपालगञ्ज भन्सारमा ६ वर्षदेखि छैन स्क्यानर मेसिन, हातैले छामेर मालसामान जाँच
-
सार्वजनिक शिक्षा सुधार्न नेत्रको संघर्ष, सातै प्रदेशमा उभिएर प्रदर्शन गर्ने
-
प्रभु साहको प्रश्न : प्रधानमन्त्रीको चीन भ्रमण देशका लागि हो कि तीर्थयात्रा ?
-
धितोपत्रको अध्यक्षमा व्यावसायिक पृष्ठभूमिका श्रेष्ठको ‘इन्ट्री’