अनुसन्धान
यी हुन् सुन तस्करीका लागि खडा गरिएका ७ कम्पनी
बुधबार, २७ भदौ २०८०, १२ : ४६

काठमाडौँ । हङकङबाट नेपालमा सुन तस्करीका लागि ७ वटा कम्पनी खडा भएको खुलेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा सीआईबीका एसपी सञ्जयसिंह थापाले सुन तस्करीमा ७ वडा कम्पनी खडा भएको जानकारी दिएका हुन् ।
उनका अनुसार छुङ्गाक इलेक्ट्रिक सप्लायर्स, भुजेल इलेक्ट्रिक सप्लायर्स, ह्वाडा इलेक्ट्रिक सप्लायर्स, पवाटी इलेक्ट्रिक सप्लायर्स, दोलखा इलेक्ट्रिक सप्लायर्स, रेडी ट्रेड र सरिता सप्लायर्स कम्पनी खडा भएको पाइएको हो ।
यी कम्पनीका मालिकमा क्रमशः लेखनाथ कार्की डोली, रामकुमार भुजेल, कुमार बहादुर भुजेल, रामबहादुर भुजेल, विकुन्द्र भुजेल, दिलीप भुजेल र सरिता तामाङ रहेका छन् ।
यी आईबीले तस्करीका सुनहरु टोखा र लाजिम्पाटमा गाल्ने गरेको खुलेको पनि जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुढानीलकण्ठमा कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक
-
बेल्जियमको नर्सिङ होममा छुरा प्रहार गरी दुई जनाको हत्या
-
साक्षर अभियान सञ्चालन गर्न स्थानीय तहलाई प्रचण्डको आह्वान
-
भूमिसम्बन्धी अध्यादेश बिचौलियाका लागि ल्याइयो: कर्ण
-
सरकारले ल्याएको अध्यादेश राष्ट्रहितमा छैन : उपेन्द्र यादव
-
निःशुल्क कपडा उपलब्ध गराउँदै ‘कपडा बैंक’