शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

सुन तस्करी गर्न सात कम्पनी दर्ता गरेको खुलासा

बुधबार, २७ भदौ २०८०, १२ : २०
बुधबार, २७ भदौ २०८०

काठमाडौँ । नेपाल प्रहरीको सीआईबीले नेपालमा सुन तस्करी गर्न सात वटा कम्पनी दर्ता भएको अनुसन्धानबाट पहिचान गरेको छ । 

बुधबार सीआईबीले गरेको पत्रकार सम्मेलनमा अनुसन्धान अधिकृत संजयसिंह थापाले तस्करीको सुन नेपाल भित्र्याउन तस्करहरूले हङकङलाई मूल थलो बनाएको खुलेको बताए । साथै उनले त्यसका लागि सोझा नेपालीलाई फकाएर सुन आयात गर्न ७ वटा कम्पनी दर्ता गरेको देखिएको बताए । 

‘जसमध्ये ६ वटा कम्पनीबाट सुन आयात गरिएको देखिन्छ । उनीहरुले ब्रेक प्याड लगाएका उपकरणमार्फत सुन भित्र्याएको पनि खुलेको छ’, उनले भने,  ‘अहिले रेडी ट्रेड प्रालीबाट ब्रेक प्याडमार्फत आएको आठ कार्टुनमा ६० केजी ७ सय ग्राम सुन भेटिएको छ ।’ यो बाहेक अन्य ६ वटा कम्पनीबाट पनि लुकाइछिपाई आएको भन्ने कुरा आएको बताए । ‘त्यो समेत अनुसन्धान गरेर पूरक प्रतिवेदन बन्छ’, सीआइबीले भनेको छ ।

साथै सीआइबीले खासगरी चिनियाँ नागरिक तस्करीमा संलग्न भएको भन्दै उनीहरू हङकङ बसेर नेपाल आउने जाने गरेको देखिएको बताए । जसलाई प्रहरीले सङ्गठित अपराध अन्तर्गत संरचनागत तह खडा गरेको देखिएको बताए ।

‘त्यसमध्ये चिनियाँ नागरिक लीन भन्ने व्यक्तिले तीन वटा कम्पनीमार्फत तस्करी गरेको देखिन्छ । उनले हङकङको एयर कार्गोबाट सुन ल्याएको देखिन्छ’, सीआइबीले भनेको छ । त्यसरी आएको सुन थूक्पे छिरिङले व्यवस्थापन गरेको र उनलाई हर्कराज राईले सघाएको अनुसन्धानबाट खुलेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप