तस्करीको सुन प्रकरणमा अझै केही व्यक्ति पक्राउ पर्न सक्छन् : सीआईबी
बुधबार, २७ भदौ २०८०, १२ : ०२

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ६० किलो तस्करीको सुन प्रकरणमा अझै केही व्यक्ति पक्राउ पर्न सक्ने जनाएको छ ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा सीआईबी प्रमुख किरण बज्राचार्यले तस्करीको सुन प्रकरणमा अझै अनुसन्धान पुरा नभइसकेकाले थप व्यक्तिहरू पक्राउ पर्न सक्ने बताइन् । ‘अनुसन्धान पुरा भैसकेको छैन । अझै थप व्यक्तिहरू पक्राउ पर्न सक्छन् र पूरक अनुसन्धान जानेछ’, उनले भनिन्, ‘त्यसवेला जोकोही पनि अनुसन्धानको दायरामा आउने विश्वास गरेको छु ।’
साउन २ गते राजश्व अनुसन्धान विभागले त्रिवि भन्सार कार्यालय अगाडि एक ट्याक्सीबाट बाहिरिँदै गरेको सुन बरामद गरेको थियो । सो सुन पहिला राजश्व र पछि सीआईबीले अनुसन्धान गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपा नेपालले बोलायो कार्यसम्पादन समितिको बैठक
-
अध्यादेशको अन्तर्वस्तु एउटा, ओलीको नियत अर्को : माधव नेपाल
-
‘दमन वा हिंसाको मुख्य जननी सत्ता हो भन्ने कुरा कांग्रेस–एमालेले बुझेनन्’
-
रास्वपाका २९५ वडा सदस्यले लिए सामूहिक शपथ
-
विपिन जोशीको अवस्थाबारे यथार्थ जानकारी प्राप्त हुन सकेनः परराष्ट्रमन्त्री
-
आइतबारदेखि मौसम क्रमिक रूपमा सुधार हुने