कोटेश्वरको सडकमा फोहोर फाल्ने १६ जना पक्राउ, ७२ हजार रुपैयाँ जरिवाना
बुधबार, २७ भदौ २०८०, ११ : ४९
![कोटेश्वरको सडकमा फोहोर फाल्ने १६ जना पक्राउ, ७२ हजार रुपैयाँ जरिवाना](https://npcdn.ratopati.com/media/news/fohor_Vp1Kd4vEPn.jpg)
काठमाडौँ । महानगरपालिकाले सडकमा पजथाभावी फोहोर फाल्ने कार्यमा संलग्न १६ जनालाई पक्राउ गरेको छ । बुधबार बिहान कोटेश्वरमा फोहोर फ्याक्न पुगेका १६ जनालाई महानगर प्रहरी बलको टोलीले फोहोरसहित नियन्त्रणमा लिएको हो ।
फोहोर फाल्ने कार्यमा संलग्न १६ जनालाई प्रहरीले जरिवाना गराएर छोडेको छ । उनीहरुलाई जम्मा ७२ हजार रुपैयाँ जरिवाना गराइएको महानगर प्रहरी बलको भनाइ छ ।
फोहोमैला संकलन गर्ने गाडी प्रत्येक दिन बिहान ६ बजेपछि घरघरमा पुग्ने भएपनि बाटोमै फोहोर फालिनु गलत भएको भन्दै महानगरले कानुन पालना गर्दै सहर स्वस्थ राख्न आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा डाक्टरहरूमाथि आक्रमण गर्नेलाई कारबाही गर्न चिकित्सक सङ्घको माग
-
खानेपानी मन्त्रालयमा आगलागीबाट जलेका सामानहरू निकालिँदै (तस्बिरहरू)
-
वर्षायाममा यातायात अवरुद्ध हुन नदिने गरी बीपी राजमार्गको काम सुरु गर्न मन्त्री दाहालको निर्देशन
-
नीतिगत र कानुन सुधार गृह मन्त्रालयको पहिलो काम हो : गृहमन्त्री लेखक
-
खानेपानी मन्त्रीको कार्यकक्षमा आगलागी : पचास लाख बराबरको क्षति
-
पुस्तक, कुकुर र राजा