रिलायबल इन्स्योरेन्सद्वारा सिनियर एजेन्सी मेनेजर अधिकारीलाई प्रथम पुरस्कार
झापा । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले देशभरिका उत्कृष्ट १०० अभिकर्ताहरूलाई विभिन्न विधामा सम्मान गरेको छ ।
पोखराको माउन्टेन ग्लोरी फरेस्ट रिसोर्ट एन्ड इस्पामा भदौ २२ सुरु भएको कार्यक्रममा आर्थिक वर्ष २०७९ ÷ २०८० मा एजेन्सीतर्फ साथै व्यक्तिगत अभिकर्ता कोडमा समेत नेपालभरिबाट रिलायबल नेपाल लाइफ इन्स्योरेन्स भद्रपुर शाखाका एमडिआरटी तथा सिनियर एजेन्सी मेनेजर बाबुराम अधिकारी प्रथम स्थान हासिल गर्न सफल भएका छन् ।
त्यस्तै एजेन्सीतर्फ बिर्तामोड शाखाका एमडिआरटी तथा सिनियर एजेन्सी मेनेजर प्रेमराज गिरी तृतीय भएका छन् । उनीहरूलाई नगदसहित पुरस्कृत गरिएको छ ।
कम्पनीका कार्यकारी प्रमुख ९सिइओ० नारायण बाबु लोहनीले उद्घाटन गरेको कार्यक्रममा कम्पनीका प्रमुख प्रबन्धक शैलेन्द्र श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए । वरिष्ठ सहायक महाप्रबन्धक दीपेश बाबु तिवारी र वरिष्ठ प्रबन्धक युवराज ज्ञवालीले कम्पनीको भावी योजना र नयाँ बिमा योजनाको बारेमा प्रस्ट पारेका थिए ।
साथै कम्पनीका वरिष्ठ प्रबन्धक कल्याण राज हलुवाई समेतको उपस्थिति रहेको कार्यक्रममा सातै वटा प्रदेशका प्रमुख र उत्कृष्ट केही शाखाका मेनेजरहरू समेतको उपस्थितिमा रहेको थियो । कार्यक्रममा अन्तर्राष्ट्रिय उत्प्रेरकद्वारा चार घण्टासम्म उत्प्रेरणा जगाउने काम समेत भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
-
तीन किलो सुन तस्करी प्रकरण : राजस्वलाई खबर गर्ने विशेष ब्युरोका असई निलम्बित
-
प्रधानमन्त्रीको चीन भ्रमणबारे पूर्व प्रधानमन्त्रीहरूसँग छलफल
-
पहिलो दिनको अक्सनबाट कुन खेलाडी कति रकममा कुन क्लबमा आबद्ध भए ?
-
बिहेको अफवाहबिच मनिष मल्होत्राको घरमा किन पुगे तमन्ना–विजय ?
-
धितोपत्र बोर्ड अध्यक्षमा सिफारिस भएकाहरू को कस्तो ?