मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी ब्रिफिङ

रातोपाटी ब्रिफिङ : सुवास अब सम्झनामा मात्रै

मङ्गलबार, २६ भदौ २०८०, २१ : ३५
मङ्गलबार, २६ भदौ २०८०

आज २०८० भदौ २६ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

सम्झनामा सुवास

संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनमा बिहीबार शोक बिदा दिने सरकारले निर्णय गरेको छ । वर्तमान प्रतिनिधिसभा समेत रहेका नेम्वाङको ७१ वर्षको उमेरमा मंगलबार बिहान असामयिक निधन भएको थियो ।  नेपालको संविधान निर्माण तथा जारी गर्नका लागि स्वर्गीय नेम्वाङले निर्वाह गरेको भूमिका तथा नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न पुर्‍याएको योगदानको उच्च कदर गर्दै मन्त्रिपरिषद्‌को बैठकबाट उनको निधनमा अन्तिम सम्मानको व्यवस्था गर्ने तथा शोक मनाउन अन्तिम संस्कार हुने दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको थियो ।

नेम्वाङको अन्तिम संस्कार भदौ २८ गते बिहीबार हुने भएकोले उक्त दिन नेपालभरका सबै सरकारी कार्यालयहरू, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा हुने गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिएका छन् । सो दिन कार्यालयहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने पनि शर्माले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

सुवासलाई श्रद्धाञ्जली

नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष स्वर्गीय सुवास नेम्वाङलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रद्धाञ्जली दिएका छन् । एमाले पार्टी कार्यालय च्यासल पुगेर प्रधानमन्त्रीले नेम्वाङलाई श्रद्धाञ्जलीको फूल चढाएका हुन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि च्यासल पुगेर नेम्वाङलाई श्रद्धाञ्जली दिएकी छन् । 

इन्जिनियरिङ शिक्षाको शुल्क

इन्जिनियरिङ अध्ययन संस्थानमा शुल्क व्यवस्थापनबारे अन्योल कायमै रहेको छ । स्नातक तहको शुल्क वृद्धि गर्ने संस्थानको निर्णयपछि त्रिभुवन विश्वविद्यालय र संस्थानले विद्यार्थीहरूसँग छुट्टा छुट्टै सहमति गरेका थिए । 

प्रधानमन्त्रीको निर्देशन

 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशस्थित नेपाली दूतावासका राजदूतहरूलाई नेपाली श्रमिक तथा कामदारको हितलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिएका छन्। श्रम आप्रवासन सम्बन्धी समस्या र तिनको समाधान सम्बन्धी दुई दिवसीय अन्तरक्रियामा बोल्दै प्रधानमन्त्रीले विदेशमा रहेका नेपाली कामदारहरूले अनेकन समस्या झेल्नुपरेकोमा ध्यानाकर्षण गराउँदै उक्त निर्देशन दिएका हुन् ।

नेपाल एयरलाइन्सलाई १ अर्ब १४ करोड घाटा

नेपाल वायुसेवा निगमका पदाधिकारीले बदनियतपूर्वक काम गर्नाले डेढ वर्षको अवधिमा निगमलाई १ अर्ब १३ करोड रुपैयाँ नोक्सान पारेको तथ्य फेला परेको छ । नेपाल एयरलाइन्सले इञ्जिन भाडामा लिई सञ्चालन गर्ने बहानामा ३५ करोड रुपैयाँ विदेशी कम्पनीलाई भुक्तानी गरेको पाइएको छ । बरु सोही अवधिमा निगमको इञ्जिन बिग्रिएको भन्दै बनाउने बहानामा पटकपटक म्याद थप गरेको पाइएको छ ।

सुन तस्करी प्रकरण

हङकङबाट तस्करी गरेर काठमाडौँ ल्याएको ६० किलो ७ सय १६ ग्राम सुनबारे केन्द्रीय अनुसन्धान ब्यूरोले करिब ३८ दिन अनुसन्धान गरेको छ । राजस्व अनुसन्धान विभागले साउन ३ मा सुन बरामद गरेको थियो । विभागले सुनको अनुसन्धान गर्ने जिम्मेवारी साउन २१ मा सीआईबीलाई दिएको हो ।

वीरगञ्ज कृषि औजार कारखाना

वीरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालनमा आर्थिक समस्या आएको छ । सरकारको तर्फबाट कुनै आर्थिक सहयोग नभएपछि कारखाना सञ्चालनमा समस्या आएको हो ।  

लुम्बिनी प्रदेशमा माओवादी

नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियान देशव्यापी रुपमा सञ्चालन गरिरहेको छ । सोही क्रममा लुम्बिनी प्रदेशमा पनि वडा तहसम्म कार्यक्रम सञ्चालन भइरहेको छ । माओवादी केन्द्रका नेताहरू जनतासँग विभिन्न कार्यक्रम लिएर घर–घरमा पुगेका छन् ।

निर्वाचन क्षेत्र नै प्यारो

रिब २ महिनासम्म चल्न नसकेको बागमती प्रदेशसभा बैठक सत्ता पक्ष र विपक्षीबिचको विवाद समाधानपछि भदौ २४ गते सञ्चालनमा आएको थियो । आइतबार प्रदेशसभाको २ वटा बैठक बस्यो । पहिलो बैठकमा ४ वटा विधेयक पेस भए । दोस्रो बैठकमा संसदमा पेस भएका ४ मध्ये ३ विधेयकमाथिको सैद्धान्तिक छलफल गरिएको थियो ।

मेजर पण्डितको शव फेला

बेपत्ता भएका डोल्पाको नन्द बक्स ब्यारेकका मेजर विमल पण्डितको शव फेला परेको छ । मंगलबार भेरी नदी अन्तर्गत त्रिपुरासुन्दरी नगरपालिका–५ खदांगको चिन्ढेबगरमा उनको शव फेला परेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप