मणिपुरमा गोली हानी तीन जनाको हत्या
![मणिपुरमा गोली हानी तीन जनाको हत्या](https://npcdn.ratopati.com/media/news/manipur_I5u5otkoge.jpg)
नयाँदिल्ली । भारतको उत्तरपूर्वी राज्य मणिपुरको काङपोकी जिल्लामा मङ्गलबार बिहान अज्ञात बन्दुकधारीले तीन जनाको गोली हानी हत्या गरेका छन् ।
“बिहान बन्दुकधारीले काङपोकीको कुकी–जोमी समुदायका तीन जना गाउँलेमाथि आक्रमण गरेका थिए । तीनै जना गाडीमा यात्रा गरिरहेका बेला जिल्लाको काङगुई क्षेत्रमा आक्रमण भएको थियो,” एक अधिकारीले भने ।
आक्रमणकारीले उक्त गाडीमा एम्बुस प्रहार गरेको समाचारमा जनाइएको छ । गत शुक्रबार तेङनौपाल जिल्लाको पल्लेल सहरमा भएको हिंसामा दुई जनाको मृत्यु हुनुका साथै ५० जनाभन्दा बढी घाइते भएका थिए ।
गैर–आदिवासी मेइतेइ समुदायलाई अनुसूचित जनजातिको दर्जामा समावेश गरिएको विरोधमा जनजातीय प्रदर्शनको क्रममा राज्यमा ठूलो मात्रामा हिंसा भड्किएपछि मणिपुर मे ३ देखि हिंसाको चपेटामा परेको छ ।
हिंसाले उनीहरूलाई शिक्षा र सरकारी जागिरमा आरक्षण प्रदान गर्दछ । उत्तरपूर्वी राज्यमा जारी हिंसामा हालसम्म १६० जनाभन्दा बढीको मृत्यु भइसकेको छ । बहुसङ्ख्यक मेइतेई समूह र आदिवासी कुकी अल्पसङ्ख्यकबीचको जातीय द्वन्द्वका कारण ६० हजार मानिस विस्थापित भएका छन् ।
राज्यमा भीडले तोडफोड र आगजनीको सहारा लिइरहेका छन् र यस क्रममा सयौँ घर र पसलहरू जलेर नष्ट भएका छन् । हिंसाका क्रममा प्रहरी चौकी र शस्त्रागारबाट पनि ठूलो सङ्ख्यामा हतियार लुटिएको सञ्चारमाध्यमले जनाएका छन् ।-(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा सार्कस्तरीय ‘क्यान्सर सम्मेलन’
-
रातोपाटी ब्रिफिङ : नयाँ शक्ति राइट टु रिजेक्टको विकल्प कार्यान्वयनमा ल्याउने पहिलो पार्टीदेखि लात्ती र मुक्काले हानेर सुधार केन्द्रभित्रै हत्यासम्म
-
क्याप्टेन उप्रेतीको ‘पायलट प्रेम’ सार्वजनिक
-
पूर्णकालीन सदस्यता वितरण गर्न जिल्ला कार्य समितिलाई गुरुङको परिपत्र
-
प्रवासमा मनाइयो माओवादी जनयुद्ध दिवस
-
लात्ती र मुक्काले निर्घात कुटपिट गरी सुधार केन्द्रभित्रै मण्डलको हत्या