बाइडेन संयुक्त राष्ट्र सङ्घको महासभामा जाने
वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी साता न्युयोर्कमा हुने संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने र विश्वका अन्य नेतासँग अन्तर्राष्ट्रिय सुरक्षा ‘खतरा’बारे छलफल गर्ने ह्वाइट हाउसले मङ्गलबार जनाएको छ ।
युक्रेनमा रुसको युद्धले संयुक्त राष्ट्रसङ्घको वार्षिक मञ्चमा पुनः प्रभुत्व जमाउने अपेक्षा गरिएको छ, जहाँ राष्ट्रहरूले गत वर्ष मस्कोले देशको केही भागहरू कब्जा गरेको विरोधमा मतदान गरेका थिए ।
संयुक्त राष्ट्रसङ्घको बैठकमा दुई दिने बसाइको पहिलो दिन सेप्टेम्बर १९ मा बाइडेनले महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रेस सचिव करिन ज्याँ पियरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उनले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि खतराको सामना गर्न, विश्वव्यापी समृद्धिलाई अगाडि बढाउन र मानव अधिकारको रक्षा गर्न सहयोगका लागि विश्वका नेताहरूसँग पनि भेटवार्ता गर्ने बताए ।
गत वर्ष संयुक्त राष्ट्रसङ्घको महासभामा बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘निर्लज्जतापूर्वक’ संयुक्त राष्ट्रसङ्घको बडापत्रको उल्लङ्घन गरेको आरोप लगाएका थिए ।
ह्वाइट हाउसले यो वर्ष बाइडेनले कुन नेतालाई भेट्ने छन् भन्नेबारे केही बताएको छैन ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू पनि संयुक्त राज्य अमेरिकाको भ्रमणको एक भागको रूपमा अर्को हप्ता संयुक्त राष्ट्र सङ्घको महासभामा उपस्थित हुनेछन्, यद्यपि इजरायली अधिकारीहरूले बाइडनलाई भेट्ने कुनै योजना नरहेको बताएका छन् ।
नेतन्याहूको कट्टर दक्षिणपन्थी सरकारले अघि बढाइरहेको न्यायिक सुधारको बाइडेनले आलोचना गरेपछि नेतन्याहू र बाइडनबीचको सम्बन्ध गत वर्ष इजरायली राष्ट्रपतिमा पुनः निर्वाचित भएदेखि नै तनावपूर्ण बनेको छ ।
जुलाईमा ह्वाइट हाउसले बाइडेन र नेतन्याहूबीच यसै वर्षको अन्त्यमा संयुक्त राज्य अमेरिकामा भेटवार्ता हुने बताएको थियो ।-(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भृकुटीमण्डपमा माघ १७ देखि आठौँ चेम्बर एक्स्पो हुँदै
-
प्रिमियर लिग : म्यान्चेस्टर सिटी हारबाट जोगिंदा, म्यानयु, चेल्सीको विजोग
-
रामग्राममा बुद्धकालीन सहरको संरचना भेटिएको दाबी
-
मनमोहन : आर्थिक उदारीकरणका नायक, अथार्थवादी नेता
-
मनमोहन सिंहको निधनबारे के भन्यो अस्पतालले ?
-
१२ बजे, १२ समाचार : भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनदेखि अदालतमा रविको ३ घण्टा बयानसम्म