आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

एनसेल फोरजी कर्णाली र सुदूरपश्चिमका दुर्गम जिल्लाहरुमा विस्तार

मङ्गलबार, २६ भदौ २०८०, १९ : ४६
मङ्गलबार, २६ भदौ २०८०

काठमाडौँ । मुगु, डोल्पा, हुम्ला र बाजुराका सदरमुकाममा एनसेलको उच्च गतिको मोबाइल ब्रोडब्यान्ड सेवा विस्तार भएको छ । एनसेल आजियाटा लिमिटेडले आफ्नो सेवा विस्तार अभियानअन्तर्गत यी ठाउँका स्थानीयहरुलाई डिजिटल कनेक्टिभिटी र प्रविधिले प्रदान गर्ने अवसरहरुसँग जोड्दै फोरजी सेवा सुरु गरेको छ ।

फोरजी सेवा सुरु गर्न एनसेलले गत एक महिनामा ठुलीभेरी नगरपालिका (डोल्पा), छायाँनाथ रारा नगरपालिका (मुगु), बडिमालिका नगरपालिका (बाजुरा) र सिमिकोट गाउँपालिका(हुम्ला)मा एक–एक गरी चारवटा फोरजी बेस ट्रान्ससिभर स्टेशन (बीटीएस)स्थापना गरेको छ । कम्पनीले भी–स्याट प्रविधिलाई प्रतिस्थापनगर्दै फोरजी सेवा संचालन गरेको हो ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमो भले भने,“हाम्रा ग्राहकहरूलाई नयाँ प्रविधिसँग जोड्दै सशक्त बनाउन पाउँदा खुसी छौं। यो एउटा कोशेढुङ्गा हो किनभने पछिल्लो विस्तार पश्चात कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका सबै जिल्लालाई फोरजीले जोडेका छौं । यसले सरकारको डिजिटल नेपालको परिकल्पना र डिजिटल समावेशी समुदायको निर्माणमा योगदान पु¥याउने छ ।”

एनसेलले फोरजी सेवा विस्तार र क्षमता अभिवृद्धिलाई उच्च प्राथमिकतामा राख्दै आएको छ र मनाङ जिल्लालाई पनि छिट्टै फोरजीले जोड्ने योजनासहित काम गरिरहेको छ । फोरजीले प्रयोगकर्ताहरूलाई हाई–डेफिनिशन भिडियो सामग्रीको स्ट्रिमिङ, भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे), द्रुत डाउनलोड र अपलोडहरू, ठूला फाइलहरू तत्काल आदानप्रदान लगायत विभिन्न डिजिटल सेवाहरू लिन सक्षम बनाउने बताइएको छ ।  

देशभरी एनसेलको ४,१०० भन्दा बढी फोरजी बीटीएसहरु संचालनमा रहेका छन् । फोरजी नेटवर्कको विस्तार र क्षमता अभिवृद्धिले मोबाइल ब्रोडब्यान्ड सेवामा पहुँच बढाएर सरकारको डिजिटल नेपाल फ्रेमवर्कको आकांक्षाहरू पूरा गर्न योगदान पुर्‍याउने बताइएको छ ।

गत आर्थिक वर्ष २०७९/८० मामात्रै एनसेलले देशका विभिन्नभागमा ३ सय ३८ नयाँ साइट स्थापना गरेको थियो । त्यसैगरी, एनसेलले ६० भन्दा बढी जिल्लाका झण्डै १,४५० टावरमा फोरजी क्षमताको स्तरोन्नति गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप